बागलुङमा विद्यार्थीका लागि साइबर शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम

आदर्श अनलाइन, बागलुङ

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण प्रतिदिन बढ्दै गएका साइबर अपराधसम्बन्धी घटनाको न्यूनीकरण गर्न विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी बागलुङको आयोजनामा साइबर अपराध र साइबर सुरक्षासम्बन्धी एकदिने सचेतनामूलक अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको हो । सामाजिक सञ्जालको बढी प्रयोग गर्ने समूहलाई लक्षित गरी सञ्चालित सो कार्यक्रममा बागलुङ नगरपालिका भित्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक गरी ६० जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक ऋषिराम कंडेलले इन्टरनेटको जमानामा हुर्के बढेका बालबालिका, पढ्दै गरेका विद्यार्थी लगायतले साइबर सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । प्रहरी प्रमुख कंडेलले साइबर असुरक्षाको जोखिम हाम्रा बालबालिकामा बढी परेको छ र उक्त जोखिम कम गर्ने एउटै उपाय सचेतना रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी उपरिक्षक कंडेलले साइबर शिक्षा सम्बन्धी सहजिकरण गर्नुभएको थियो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय जुरेस/युरेस विभागका अधिकृत सुमिरा न्यौपानेले जुनियर तथा युवा रेडक्रस सर्कलको संगठन विकासको विषयमा विद्यार्थीको भूमिका र सहभागिताबारे सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यको अध्यक्षता, उप-कोषाध्यक्ष तेज प्रसाद शर्माको स्वागत र कोषाध्यक्ष तथा जुनियर/युवा रेडक्रस समिति संयोजक जीवननाथ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *