टेक्ससमा प्रवासी मञ्चको भेला सहित वनभोज

आदर्श अनलाइन, ड्यालस (अमेरिका) ।
प्रवासी मञ्च टेक्सस च्याप्टरले टेक्ससको युलेसमा भेला सहितको वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

टेक्सस च्याप्टरले ४ सय भन्दा बढी नेपालीहरुको सहभागितामा युलेसको बब एडन पार्कमा वनभोज सहितको कार्यक्रम सम्पन्न गरेको हो ।

विदेशको व्यस्त जीवनबाट समय निकालेर नेपाली विच चिनजान, भेटघाट र पारिवारीक वातावरणमा रमाइलो गर्ने उद्देश्यले भेला सहित वनभोजको आयोजना गरिएको च्याप्टर अध्यक्ष राजु नेपालले बताउनु भयो ।

गत महिना सम्पन्न अधिवेशनले नेपालको अध्यक्षता च्याप्टरको नयाँ नेतृत्व चयन गरेको थियो ।


तस्बिरहरु : रिपोटर्स क्लब अमेरीकाबाट सभार

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *