नारायणी र धारा माध्यामिक विद्यालयका विद्यार्थीलाई उद्घोषण कला तालिम


आदर्श अनलाइन, बागलुङ
विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप संगै नेतृत्व विकासका लागि काठेखोला गाउँपालिका–४ तंग्रामले विद्यार्थीलाई सक्षम बनाउन थालिएको छ ।


काठेखोला गाउँपालिका–४ तंग्राम स्थित नारायणी माध्यामिक विद्यालय र धारा माध्यामिक विद्यालयका विद्यार्थीलाई एक/एक दिन उद्घोषण कला तथा नेतृत्व विकास तालिम प्रदान गरिएको छ । दुई विद्यालयका छ देखि कक्षा १२ का १०० विद्यार्थीलाई उद्घोषण कला तथा नेतृत्व विकास सम्बन्धी तालिम दिइएको काठेखोला गाउँपाकिला–४ का वडा अध्यक्ष लक्ष्मण पुनले जानकारी दिनुभयो ।

यस अघि महिलाहरुलाई नेतृत्व विकास सम्बन्धी तालिम दिइसकेको वडाले पुनः विद्यार्थीहरुलाई क्षमता विकास सम्बन्धी तालिम दिएको छ । तालिमको उद्घाटन गर्दै काठेखोला गाउँपालिका–४ तंग्रामका वडा अध्यक्ष लक्ष्मण पुनले विद्यार्थीलाई हरेक क्षेत्रमा अब्बल बनाउन सानैदेखि नेतृत्व विकास गर्न आवश्यक रहेको बताउनुभयो ।



कार्यक्रममा वडा सदस्य नर बहादुर पुन र नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार नवराज परियारले गर्नुभएको थियो । नारायणी माध्यामिक विद्यालयका विद्यार्थीलाई वडा कार्यालय र धारा माध्यामिक विद्यालयका विद्यार्थीलाई विद्यालयको सभाहलमा तालिम प्रदान गरिको थियो ।

तालिममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले उद्घोषण कला तथा नेतृत्व विकास सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । यस्तै तालिममा नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम समाचार लेखन र नागरिक पत्रकारिताका विषयमा सहजीकरण गर्नुभएको थियो । तालिममा पत्रकार डम्मर बुढा मगर र नवराज परियाले भाषणकलाका विषयमा विद्यार्थीलाई सहजीकरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *