सहकारीका व्यवस्थापकलाई तालिम

आदर्श अनलाइन, बागलुङ
बागलुङमा सहकारीका व्यवस्थापकहरुका लागि सम्पत्ती तथा दायित्व व्यवस्थापन एवँ ऋण असुली प्रक्रिया सम्वन्धी एक दिने तालिम सम्पन्न भएको छ । बगलुङ को–अपरेटिभ म्यानेजर्स क्लवको आयोजना र राष्ट्रिय सहकारी बैङ्क बागलुङ शाखाको प्राविधीक सहयोगमा तालिम सम्पन्न गरिएको हो ।



जिल्लाका बिभिन्न क्षेत्रमा संचालित सहकारीका व्यवस्थापक एवँ लेखा र ऋण हेर्ने कर्मचारीको सहभागीता रहेको तालिमको उद्घाटन बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेमप्रसाद शर्मा पौडेलले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारीप्रति नकरात्मक धारणा पैदा गर्नेहरुका बिरुद्ध सहकारी अभियानले ध्यान दिनुपर्ने बताउनुभयो ।



कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्क बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले मंतव्य व्यक्त गर्नु भएको थियो । राष्ट्रिय सहकारी बैङ्कका कार्यक्रम अधिकृत बल्लभ तिमल्सीनाले सहजीकरण गर्नु भएको तालिम क्लवका अध्यक्ष नवराज शर्माको अध्यक्षता, उपाध्यक्ष दिपकराज सापकोटाको स्वागत र सचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *