मालिकामा विपद व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

आदर्श अनलाइन, बागलुङ

मालिका सेवा समाज बागलुङको आयोजनामा विपद व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

विपद बाजा बजाएर आउदैन समयमै सचेत बनौ भन्ने नाराका साथ मालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी लगायत स्थानीय सरोकारवालालाई विपद ब्यवस्थापन सम्बन्धि सहजिकरण गरिएको थियो ।

कार्यक्रमको उद्घाटन मालिका सेवा समाज बागलुङका सल्लाहकार दुर्गा बहादुर कुँवरले गर्नुभएको थियो ।

अहिले नेपालमा मनसुन भित्रन लागेको यसले ठूलो धनजनको क्षति पुर्‍याउने कुरा संचार माध्यममा आइरहेको बेला अहिले गरिएको सचेतना मुलक कार्यक्रमले तत्काल हुने विपद लाइ न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको हो ।बागलुङ नगरपालिका वडा नम्बर ५ का विद्यार्थी, शिक्षक , जनप्रतिनिधि ,सामाजिक संघ सस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरि प्रसाद रेग्मी, वडा नम्बर १३ का वडा अध्यक्ष नारायण प्रसाद पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष जीवननाथ शर्मा रेग्मीले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रम मालिका सेवा समाज बागलुङका अध्यक्ष जीवननाथ शर्मा रेग्मीको अध्यक्षता, उपाध्यक्ष आनन्द प्रसाद रेग्मीको स्वागत र उपसचिव मातृका प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *