राङखानी माविमा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि ट्राफिक सचेतना कार्यक्रम

रोहन जि.सी, बागलुङ

बागलुङको जैमिनी नगरपालिका वडा नं. १० डाँडाखानीस्थित राङखानी माध्यमिक विद्यालयमा ग्रामिण क्षेत्रमा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा विद्यालयमा अध्यनरत विद्यार्थी तथा शिक्षकहरुका लागि ट्राफिक सचेतनामुलक कक्षा सम्पन्न गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले दुर्घटनाका कारण र सामाधानका उपाय, सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरू, जेब्राक्रस र जेब्रा क्रस नभएको स्थानबाट बाटो काट्ने तरिका, सडकपेटी भएको र नभएको सडकमा पैदलयात्रीले अपनाउनुपर्ने साबधानी तथा तरिका, ट्राफिक संकेत चिन्नहरु, सडक रेखाहरु र सवारी साधन प्रयोग गर्दा यात्रुले अपनाउनु पर्ने सबाधानीका विषयमा सहजीकरण गर्नुभएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लामा गुड्ने लामो तथा छोटो दुरीका गाडी, अस्थायी ट्राफिक प्रहरी पोष्टमार्फत चालक, यात्रु, पैदलयात्री तथा सर्वसाधरणलाई सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी सडक सुरक्षा सचेतना कार्यक्रम समेत सम्पन्न गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *