आदर्श अनलाइन, बागलुङ
आज विश्व रक्तदाता दिवसको अवसरमा बागलुङमा वृहत रक्तदान कार्यक्रम गरि मनाइएको छ ।
रगतको अभाव बाट कोही पनि बिरामीको अकालमा मृत्यु हुन नपरोस भन्ने उदेश्य रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
लियो क्लब अफ बागलुङ कालीगण्डकीको आयोजना बागलुङ जेसिज, लियो क्लब अफ धौलागिरी बागलुङ ,लियो क्लव अफ बागलुङ ,लियो क्लब अफ पर्वत कुश्मा सिटिको सहआयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रको सहकार्यमा भएको कार्यक्रममा ५४ जनाले रक्तदान गरेको बागलुङ जेसिजका अध्यक्ष गणेश महतोले जानकारी दिनुभयो ।
रक्तदान जीवन दान भन्ने नारा साथ भइरहेको रक्तदान कार्यक्रमले बागलुङको धौलागिरी अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या धेरै भएपनि अहिले त्यस्तो खालको समस्या नभएको नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष जीवन नाथ शर्माले बताउनुभयो ।
बागलुङ सदरमुकाममा रहेको रक्तसञ्चार केन्द्र मार्फत बर्षमा १२ सय प्वाइन्ट रक्तदान हुने गरेकोमा ६ सय जति जिल्लामा खपत हुने बाकी रगत क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरा रिफर गरेको बागलुङमा रगतको अभाव नभएको रक्तसञ्चार केन्द्र बागलुङले जनाएको छ ।
बागलुङको धौलागिरि अस्पतालमा डाईलासेसका बिरामी
प्रसुतीका लागि आउने गर्भवती र अप्रेसन लगायत उपचारको लागि आउने बिरामीलाई रगतको अभाव नहुदा उपचार सहज हुदै आइरहेको छ ।
कार्यक्रम लियो क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष सुगम खड्काको अध्यक्षता, बागलुङ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जय बहादुर के.सीले रक्तदान गरी उद्घाटन तथा नारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।
मानव रगत समूह ब्लड ग्रुप पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्म दिनको अवसर पारेर २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो।