म्याद गुज्रेको सेनेटरी प्याड जफत गरी नष्ट

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनीमा विक्रीका लागि ल्याएको म्याद गुज्रेको सेनेटरी प्याड लगायत साढे दुई लाख मुल्य पर्ने सामानहरु नगरपालिकाले जफत गरेर नष्ट गरेको छ ।

पोखराको बसौला जनरल अडर्स सप्लायर्सले बिक्रिका लागि ल्याएको मासिक श्रावको समयमा महिलाहरुले प्रयोग गर्ने एक सय पिस सेनेटरी प्याड जफत गरेर नष्ट गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । सन २०२० मा उत्पादन भएको उक्त प्याडको प्रयोग मिति तीन वर्ष लेखिएको भएपनि बिक्रीका लागि ल्याएकोले म्याद गुज्री सकेको अवस्थाको सामान जफत गरेर नष्ट गरीएको उहाँको भनाई थियो ।

उक्त सप्लायर्सका प्रोपाइटर विष्णु बसौलाले ग १ क १३२५ नम्बरको ट्रकमा अन्य खाद्यान्नका सामग्रीहरु पनि म्याद गुज्रेको अवस्थामा ल्याएको पाइएपछि सबै सामान जफत गरेर नष्ट गरेको हो । पेप्सीको इन्डीया होल्डीङ प्रालिको उत्पादन रहेको म्याद गुज्रेको लेज विक्री गर्दै छन् भन्ने सुचनाका आधारमा गाडी नियन्त्रणमा लिएर चेक गर्दा गाडीभित्र दुई लाख ५० हजार मूल्य पर्ने खाद्यान्न लगायतका सामानहरु फेला पारेर नष्ट गरेको हो ।

भारतीय कम्पनिले उत्पादन गरेको म्याद गुज्रेको सामान विक्रि गर्दै रहेको सूचना अनुसार नियन्त्रणमा लिएर निरीक्षण गर्दा दुई लाख ५० हजार रुपियाँको सामान भेटिएको नगर प्रमुख केसीको भनाई छ । नगर प्रहरीले बेनी नगरपालिका–८ शिक्षामार्गबाट ट्रक नियन्त्रणमा लिएर नगरपालीका पु¥याएको थियो ।

बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य संघ, सञ्चारकर्मी लगायतको टोलीको उपस्थीतीमा भएको निरिक्षण पनि धेरै कडा पनि भै हाल्ने अवस्था नरहेको नगरपालिकाको भनाई छ । ट्रक निरिक्षण गर्दा लेज, चिया, टिमुरको छोप, मेहन्दी, पापड, बदाम जुस, रिवोस्ट जुस, अमिलो, प्याकेटको पाउडर दुध, कुकिज, काजु, चिकेन सुप, भेज सुप, मसलाका आइटम, जाम लगायतका सामग्रीहरु गरी दुई लाख ५० हजार नोक्सान भएको बसौला सप्लायर्सका बिष्णु बसौलाले जानकारी दिनुभयो । सामाग्रीलाई आगो लगाएर जलाएर नष्ट गर्ने क्रममा बसौलाले आफूबाट गल्ती भएको र त्यसका लागि नगरपालिकाले २० हजार जरिवाना तोकेको जानकारी दिनुभयो ।

विक्रीका लागि ल्याइको ठूलो परिणाममा सामग्री जफल गरी बसौला कम्पनिलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कार्वाही गरीएको हो । उक्त ऐनको दफा १६ र ३८ बमोजिम कसुर र दफा ३९ बमोजिम तत्काल जरिवाना गर्न सक्ने व्यवस्था बमोेजिम पहिलो पटकका लागि २० हजार रुपियाँ जरिवाना गरिएको नगरपालिकालो जनाएको छ ।

म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले मानव स्वास्थ्य संग प्रत्यक्ष रुपमा जोडिने खाद्यान्नमा गर्ने यो प्रकारको बदमासीलाई कुनै हालतमा छाड्न नसकिने बताउनुभयो ।

गाडीका मालिक तथा बसौला जनरल अडर्स सप्लायर्सका बिष्णु बसौलाले आफूबाट गल्ती भएको र दुई लाख ५० हजार रुपियाँ पर्ने आफ्नो सामान नगरपालिकाले नष्ट गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *