जननिगरानी साप्ताहिकले मनायो सातौ वार्षिकोत्सव


आदर्श अनलाइन, बागलुङ
गुहेली संचार सहकारी संस्था बागलुङद्वारा प्रकाशित जननिगरानी साप्ताहिकले आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकालाई प्रमुख क्षेत्र मानेर सञ्चालनमा आएको साप्ताहिकले प्रकासनको सातौ वार्षिकोत्सव मनाएको सहकारीका अध्यक्ष खिम कार्कीले जानकारी दिनुभयो ।
सातौं वार्षिकोत्सवको उद्घाटन पछि बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापालेद संचार माध्यमहरु निश्पष भएर समाचार पश्कनु पर्ने बताउनुभएको छ । उहाँले पत्रकारहरुले स्थानीय सरकारले गरेका राम्रा नराम्रा दुबै कामलाई बाहिर ल्याउनुपर्ने बताउनुभयो ।



‘पत्रकारले सत्य समाचारलाई लेख्न डराउनु हुँदैन, भष्ट्राचार विरुद्ध कलम चलाउन आवश्यक छ, थापाले भन्नुभयो ‘आम नागरिकको विश्वास समेत पत्रकारितामा भएकोले सत्य लेख्न पत्रकार डरायो भने देशमा बेथिती मौलाउने बताउदै यथार्थक कुरा बाहिर ल्याउन आवश्यक छ ।’

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले राष्ट्रियता जोगाउने काममा पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै संचारमाध्यमले देशको अस्तित्व जोगाउन भूमिका खेल्नुपर्ने बताउनुभयो । पत्रकारिताले समाजलाईपनि सही दिशा दिन सक्ने धारणा राख्नुभएको थियो । आर्थिक संकटले संचार क्षेत्रको भूमिका खुम्चिने अबस्था आउन नदिन सबैको चासो र साथ चाहिने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष अमर थापा, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, वडा अध्यक्षहरु बिद्यापति शर्मा र लक्ष्मण पुन, जिल्ला सहकारी संघकी अध्यक्ष हुमाकुमारी जिसी अन्जु, राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दिपक गौतम, पत्रकारहरु राजेशचन्द्र राजभण्डारी, पत्रकार महासंघ बागलुङका सचिव बिजय राना र प्रेस चौतारी बागलुङका अध्यक्ष सिर्जना पन्तले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त अबसरमा पत्रिका प्रकाशनमा योगदान दिने पत्रकारहरु प्रकाश बराल, संगम घर्ति, सिर्जना पन्त, तारानाथ आचार्य, सुवास गौतम र काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विकलाई सम्मान गरिएको थियो ।

कार्यक्रम गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, सह–सचिव तारानाथ आचार्यको संचालन र सचिव सूर्य थापाको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *