सहकारीको ऋण तिर्न अटेर गर्नेलाई कार्वाही हुन्छ : बागलुङ नगरपालिका


आदर्श अनलाइ, बागलुङ

सहकारी संस्थाबाट लिएको ऋण समयमा नै भुक्तान गर्न बागलुङ नगरपालिकाले सहकारीका ऋणी सदस्यहरुलाई आग्रह गरेको छ । बागलुङ नगरपालिका, नगरकार्यपालिकाको कार्यालयले असार ५ गते सार्वजनिक सूचना जारी गर्दै सहकारी संस्थाबाट लिएको ऋणको साँवा र ब्याज भुक्तानीका लागि आग्रह गरेको हो ।

समाजमा ऋण तिर्न नपर्ने वा नतिर्ने भन्ने जस्ता वित्तीय समस्याहरु देखिएका र ऋण नतिर्नका लागि अफवाह पैmलाएको भन्दै नगरपालिकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न कानुनी कार्वाही गरिने जनाएको छ । बागलुङ नगरपालिकाको नियमन क्षेत्र भित्रका सहकारी संस्थाका सम्पूर्ण ऋणी शेयर सदस्यहरुलाई समयमै ऋणको साँवा, ब्याज भुक्तानी गर्न नगरपालिकाले निर्देशन गरेको छ । निर्देशन विपरित कार्य गरेमा संघीय सहकारी ऐन, २०७४ तथा बागलुङ नगरपालिकाको सहकारी ऐन २०७४ बमोजिम असुलीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने नगरपालिकाले जनाएको छ ।

ऋणी सदस्यहरुले समयमा ऋण नतिरेका कारण सहकारी संस्थाहरुमा वचत फिर्ताको दवाव संगै सहकारी क्षेत्रको समस्या बढ्ने अवस्थालाई मध्यनजर गरी ऋण असुलीका लागि निर्देशन गरिएको नगरपालिका स्रोतले जनाएको छ ।

बागलुङमा क्रियाशिल सहकारी संस्थाका अध्यक्षहरुले संयुक्त रुपमा अपिल प्रकाशन गर्दै ऋण भुक्तानीको तालिका पेश गर्न ऋणीहरुलाई आव्हान गरेका थिए । जिल्ला सहकारी संघले जिल्लाका सबै पालिकाहरुलाई ऋण असुलीमा सहजीकरण गरिदिन ध्यानाकर्षण गराएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *