लागूऔषध सम्बन्धी सरोकारवालासंग अन्तरक्रिया


सुजन रेग्मी, बागलुङ
बागलुङमा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तर राष्ट्रिय दिवस सप्ताह व्यापी रूपमा मनाउन थालिएको छ । सप्ताहव्यापि कार्यक्रमको पहिलो दिन बिहीबार सरोकारवालासंग लागू औषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

सामुदायिक सेवा केन्द्र रामरेखा र सामुदायिक सेवा केन्द्र गुठीको सहकार्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले सबैसंग सहकार्य गर्दा लागू औषधको समस्या समाधान हुने बताउनुभएको छ ।

उहाँले सचेतनामूलक कार्यक्रमले लागू औषध प्रयोग घट्ने र सभ्य समाज निर्माण हुँने बताउनुभयो ।
सचेतनामूलक कार्यक्रममा सामुदायिक सेवा केन्द्र र सामुदायिक विकास केन्द्र र अन्य संघ संस्थासंग सहकार्यगर्दा परिणाम हासिल गर्न सकिने उहाँको भनाई छ । समुदायस्तरमै लागूऔषधको असरका विषयमा सचेतना आवश्यक रहेको अन्तरक्रिर्या कार्यक्रममा सहभागीहरुले जानकारी दिनुभयो ।

कार्यक्रममा धौलागिरि अस्पतालका प्रमुख सुपरिटेन्डेन्ट रवि रञ्जन प्रधानले सबै एकजुट भएर लाग्ने हो भने लागूऔषको समस्या े समाधान हुने बताउनुभएको छ । पूर्व जनप्रतिनिधि लक्ष्मी बास्कोटाले विद्यालय स्तरमा जनचेतना कमी भएको टिप्पणी राख्नु भएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले लागूऔषध सम्बन्धी सहजीकरण गर्नु भएको थियो । उहाँले लागू औषध जन्य औषधी डाक्टरको अनुमतिबिना बेचबिखन गर्न नहुने र लागू औषधको प्रयोग गर्नेको १० देखि १५ वर्ष सम्म आयु कम हुँने जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र रामरेखा अध्यक्ष दुर्गा बहादुर आचार्यको अध्यक्षता जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराम कँडेलको स्वागत, सामुदायिक प्रहरी सेवा केन्द्र गुठीका अध्यक्ष लिला खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *