बागलुङ नगरपालिकाको चालु खर्चप्रति एमाले नगर कमिटिको ध्यानाकर्षण


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङ नगर कमिटिले बागलुङ नगरपालिकाले विकासे बजेट भन्दा चालु बजेटमा आवश्यकता भन्दा बढी खर्च भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाका जनप्रतिनिधिले सुविधाका नाममा मनपरी गरेको बताउदै सुविधाका लागि लिइएको रकम समेत सार्वजनिक गरेको छ ।

एमाले नगर कमिटिले पूँजीगत खर्च कम गर्दा विकास प्रवाभित भएको भन्दै नगरपालिकाले लिएका राम्रा योजनाप्रति एमालेको साथ र सहयोग रहने भन्दै फजुल खर्चघटाउनुपर्ने जनाएको छ ।

एमाले बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले पत्रकार सम्मेलनमा मध्य असारु आउनै लाग्दा समेत ५५ पूँजीगत खर्च गरको बताउदै इन्धन, सवारीसाधनमा रु. २ करोड, इन्धनमा मात्रै रु. ६५ लाख, पदाधीकारी पारिश्रमिकमा रु. २ करोड, पदाधीकारी भत्तामा एक करोड ६२ लाख, भ्रमण, विविध तथा सभाल सञ्चालनमा रु. १ करोढ ९३ लाख खर्च अस्वभाविक रहेको जनाएको छ ।
स्थानीय सरकार सञ्चालनका लागि सवारीसधान, इन्धन र राज्यले दिएको सुविधाको नाममा मनपरी गर्न नहुँने भन्दै अहिलेको खर्चमा ५० प्रतिशत भन्दा बढी खर्च घटाएर पूँजिगत बजेट बढाउनुपर्ने उहाँको भनाई छ ।



नगरपालिकाले विमानस्थल तथा बसपार्क चलाउन नसकेको बताउदै एक घर एक धारा, लिफट् योजना अलपत्र पारेको लेखा समितिले दिएको सुझावलाई बेवास्ता गरेको, ब्लकमा बजेट राखेर नीति विपरित खर्च गरेको समेत एमालेको जिकिर छ ।

पत्रकार सम्मेलनमा धौलागिरी अस्पतालमा समेत पछिल्लो समय वेतिथि मौलाएको भन्दै नागरिकलाई स्वास्थ्यसेवाबाट बन्च्ति गर्ने खेल अन्त्य गर्नुपर्ने बताउनुभयो । एमाले नगरकमिटिले अस्पतालमा बजेट निकासा नहुँदा अत्यावश्यक औषधी समेत अभाव भएको जनाएको छ ।

विद्यालय समायोजन आजको आवश्यकता रहेपनि शिक्षा समितिको निर्णय नमानेर शिक्षकको सरुवा गरेको एमाले बागलुङ नगरकमिटिले आरोप लगाएको छ । एमाले नगर कमिटिको जेष्ठ १८ र १९ गते बागलुङ बजारमा सम्पन्न गरको दोस्रो नगर अधिवेशनको आयव्यय समेत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । अधिवेशनमा रु. २ लाख २५ हजार आम्दानी र एक लाख ८६ हजार खर्च भएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *