म्याग्दीमा लागू औषध दुरुपयोग विरुद्ध साताब्यापी कार्यक्रम शुरु


अमृत बास्कुने, म्याग्दी

लागुपदार्थ ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको छ दिन अगाडी देखि नै दिवस मनाउनका लागि सप्ताब्यापी कार्यक्रमको शुरुआत गरिएको छ । २६ जुन अर्थात् लागुपदार्थ ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको एक हप्ता अगाडी देखिनै जनचेतनामूलक कार्यक्रम सहित साताव्यापी कार्यक्रम म्याग्दीमा सुरु भएको हो ।

‘लागु औषध दुरूपयोग बिरुद्ध लडौंः रोकथाममा जोड दिऔं’ भन्ने मूल नाराका साथ सदरमुकाम बेनीमा बिहीबार प्रभातफेरी गरिएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत विद्यालयमा सचेतनामुलक कार्यक्रम, लागुपर्दाथ बिरुद्ध समुदायमा आमा केन्द्रित सचेतनामुलक कार्यक्रम, यूवा क्लव, बाल क्लव केन्द्रित सचेतनामुलक कार्यक्रम, लागुऔषध बढी प्रभावित क्षेत्रमा केन्द्रित कार्यक्रम, कारागारमा रहेका थुनुवा तथा कैदीसँग कार्यक्रम लगायतका विषय तय गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले कार्यक्रमको उद्घाटन गदैं युवा कुलतमा फस्नु दुभाग्यपूर्ण भएकाले युवाहरुले उत्पादन मुलक क्षेत्रमा आफ्नो समय खर्चिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले लागू पदार्थको सञ्चिति, ओसारपसार, सेवन, बेचविखन लगायतका गतिविधिलाई न्यूनिकरण गर्दै निर्मुल पार्नका लागि अभियान परिणामुखी बनाउनु पर्ने धारणा राख्नु भएको थियो । बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायत जनप्रतिनिधि, जिल्लाका सरोकारवाला निकाय, विद्यार्थी, आमा समुहको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *