छोराले धारिलो हतियार प्रहार गर्दा बाबु गम्भिर घाइते


अमृत बास्कुने, म्याग्दी

बेनी नगरपालिका–३ भकिम्लिका ४१ वर्षिय कबिराम घर्तीलाई आफ्नै छोराले धारिलो हतियार प्रहार गर्दा गम्भिर घाइते हुनुभएको छ ।

शुक्रबार बिहान २२ वर्षिय छोरा मिलन घर्तीले धारिलो हतियार प्रहार गर्दा कबिरामको घाँटी र ढाडमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक(इन्सपेक्टर) राजन रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गम्भीर घाइते अवस्थामा रहनु भएका कबिरामको उपचार बेनी अस्पतालमा सम्भव नहुने भनिएपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

हतियार प्रहार गर्ने मिलन घर्तीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *