सप्ताहव्यापी कार्यक्रम गरेर योग दिवस मनाइयो


आदर्श अनलाइन, बागलुङ

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी प्रयासले स्वयंलाई व्यवस्थित गर्दै सभ्य समाज निर्माण गर्नका लागि हरेक व्यक्तिले योग गर्न जरुरी रहेको बताउनु भएको छ ।

१० औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जली योग समिति बागलुङले आयोजना गरेको मुल समारोहको अवसरमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । परिवारको मात्र नभएर समाज र देशको हितका लागि खटिनेहरुले अनिवार्य योग गर्नुपर्ने भन्दै सुवेदीले चिन्तालाई कम गर्ने, शरिरमा स्फुर्ती ल्याउने र मनस्थिती राम्रो बनाउने एकमात्र मार्ग योग भएको बताउनु भएको थियो ।
असार १ गतेदेखि योग समितिले सप्तहव्यापी कार्यक्रमको आयोजना गरेर योग दिवस मनाई रहेको थियो । असार ७ गते अन्तर्राष्ट्रिय योग दिवसका दिन योग समितिका साधक साधिकासँगै बजार परिक्रमा गरेर राधाकृष्ण मन्दिर साधना केन्द्रमा मुल समारोहको आयोजना गर्दै योग दिवस सम्पन्न गरिएको हो ।



समितिका साधक साधिकाले ‘गरौँ योग, बनौँ निरोग’, ‘कपाल भाँती जीवन साथी’ १० औँ अन्तर्राष्ट्रिय योग दिवस सफल पारौँ जस्ता नारा लगाएर बजार परिक्रमा गरेका थिए । योग समितिले असार १ र २ गते योगका फाइदा र योग गर्ने तरिकाको बारेमा अन्तरक्रिया, ३ गते बागलुङका पत्रकार र ट्राफिक प्रहरीलाई योग शिविर, ४ गते रामानुज आश्रममा आवश्यक सामग्री हस्तान्तरण गर्नुका साथै कालिगण्डकी तटमा योग अभ्यास, ५ गते कालिगण्डकी आवासिय विद्यालयका विद्यार्थीलाई योग प्रशिक्षण र ६ गते मानवसेवा आश्रममा भोजन सेवा गरेको थियो ।

शुक्रबार मुल समारोह पतञ्जली योग समिति बागलुङका अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता, महिला प्रभारी कल्पना श्रेष्ठको स्वागत तथा सचिव भुपेन्द्र खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । समितिका साधक साधिकासँगै प्रमुख जिल्ला अधिकारी सुवेदीले योग अभ्यास गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *