लोक संगीतमा विकृति फैलाउनेलाई कारबाही गर्छाै : सचिव आचार्य


आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिव तारानाथ आचार्यले आर्थिक प्रलोभनमा परेर, चर्चा र भाइरल हुने प्रवृतिका केही कलाकारका कारण लोक संगितमा विकृति फैलिन थालेको प्रति चिन्ता व्यक्त गर्नु भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा बागलुङले विश्व संगीत दिवसका अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चिन्ता व्यक्त गर्नु भएको हो ।
लाइभ दोहोरीका नाममा लोक संस्कृतीनै खतरामा पार्ने गरि प्रस्तुत हुने र लाइभ जस्तो देखिने पूर्व तयारीका साथ गरिएका नियोजित गतिविधी जो कोहीले गरे पनि प्रतिष्ठानले कारबाही गर्ने उहाँले बताउनु भयो ।

जिल्ला शाखा बागलुङले समाज रूपान्तरणमा संगीतको भूमिका तथा नेपाली लोक संगीतमा देखिएको विकृति न्यूनिकरणका लागि हाम्रो दायित्व विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम जनवादी गायक जीवन शर्माको गीत गाएर कार्यक्रमको उद्घाटन गरेका आचार्यले लोक संस्कृतीको गर्नु सबैको दायित्तव भएको बताउनु भयो ।

कार्यक्रममा पर्वत कलाकार समाज नेपालका महासचिव तथा सर्जक प्रल्हाद सुवेदीलाई सम्मान गरिएको थियो । लोक संस्कृतीको संरक्षण र प्रवद्र्धनमा सुवेदीले पुर्याउनु भएको योगदान अतुलनिय रहेको भन्दै जिल्ला शाखा बागलुङले सम्मान गरेको हो ।

सम्मान ग्रहणपछि बोल्दै सुवेदीले लोक संगीतमा आएको विकृतीका विषयमा एक अकर्कालाई आरोप प्रत्यारोप गर्नु भन्दा पहिले आ–आफुलाई हेरेर सुधार गर्न जरुरी रहेको बताउनु भएको छ । छिलो लाभ, छिटो लोकप्रियता र छिटो आर्थिक लाभ खोजेर धैर्यता गुमाउदा लोक संगीतमा विकृती देखिएको भन्दै उहाँले अरुका राम्रा कुरा हेर्ने र कमजोरी आफुमा देख्ने बानीको विकास गर्न सके समस्या कम हुँदै जाने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश उपाध्यक्ष पूर्ण परियारले विषयवस्तुका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यपत्र माथी रहेर कार्यक्रममा नेपाली काँग्रेसका विजय अधिकारी, नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लाल थापा, राष्ट्रिय जनमोर्चाका सचिवालय सदस्य थानेश्वर सुवेदी, नेपाल समाजवादी पार्टीका पोलिटव्यूरो सदस्य चित्र सापकोटा, कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङका सचिव निशान खड्का, अन्तरपार्टी महिला सञ्जाल बागलुङका सचिव हुमा खड्का, राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान बागलुङका अध्यक्ष टेक बहादुर केसी ‘संगम’ लगाएतले बोल्नु भएको थियो ।
बागलुङबाट द पोयट आइडलमा सहभागी हुँदै उत्कृष्ट प्रदर्शन गरेकी रविना कंडेलले विभिन्न छन्दका कविता सुनाउनु भएको थियो । कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङका अध्यक्ष सरस्वती खड्का परियारको अध्यक्षता, उपाध्यक्ष शिव शर्माको सञ्चालन र उपाध्यक्ष जमुना श्रीषको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *