एसईई परिक्षामा चिल्ड्रेन लाइफकी अपेक्षा श्रेष्ठ बागलुङ जिल्ला प्रथम

आदर्श अनलाइन, बागलुङ

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका छात्रा अपेक्षा श्रेष्ठ जिल्ला प्रथम हुनुभएको छ । अपेक्षा श्रेष्ठ ३.९६ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल हुनुभएको हो । उक्त विद्यालयबाट ७० जना विद्यार्थीहरु मध्ये २९ जना विद्यार्थीले ए प्लस, ३८ जना विद्यार्थी ए, ३ जना विद्यार्थी बी प्लस प्राप्त गरी शतप्रतिशत उत्तीर्ण भएको चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले बताउनुभयो ।

गत वर्षको एसइईको परीक्षामा पनि चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलबाट ३ जनाले ४ जिपिए ल्याएका थिए । अहिले चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल गुणस्तर व्यवस्थापन प्रमाणिकरणको अन्तराष्ट्रिय चिन्ह प्राप्त गरेको साविकको धौलागिरी अञ्चलकै उत्कृष्ट विद्मालयको रुपमा परिचित छ । स्कुलले आइएसओ चिन्ह ९००१ : २०१५ प्राप्त गरेको थियो ।

विभिन्न ५ संस्थागत रुपमा भएको अनुगमन र मूल्यांकनपछि गुणस्तर व्यवस्थापन प्रमाणिकरण गर्ने बेलायतको संस्थाले चिल्ड्रेन लाइफ बोर्डिङ स्कुललाई आइएसओ प्रमाण चिन्ह प्रदान गरेको हो । आइएसओ चिन्ह पाएको विद्यालयबाट उत्तिर्ण हुने विद्यार्थीहरुले अन्तराष्ट्रिय श्रम बजारमा रोजगारी पाउन सहज हुने विद्यालयका शिक्षक जीवन रोका क्षेत्रीले बताउनुभयो ।

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा विद्यार्थी र अभिभावकको बदलिदो चाहना र भावना अनुसार मनोवैज्ञानिक ढंगले अध्यापन हुने गरेको छ । विद्यार्थीको सिकाई उपलब्धीमा सिर्जनशील तरिकाले विद्यार्थीलाई व्यवहार, अनुशासन, समसामयिक विषयवस्तुमा पनि विशेष ध्यानपुर्वक पढाइने गर्दछ । हालसम्म चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा १७०० जना विद्यार्थी र १५० जना भन्दा बढी शिक्षक र कर्मचारी रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले जानकारी दिएको छ । अहिले धेरै अभिभावक र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *