एकता सहकारीको उपल्लाचौर सेवा केन्द्रका सदस्यलाई सहकारी शिक्षा

आदर्श अनलाइन, बागलुङ

एकता सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा सहकारी शिक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

एकता सहकारीकोे उपल्लाचौर सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यहरूलाई सहकारीबारे आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा अन्तर्गतका बचत सेवा र ऋण सेवासँगै सहकारी नीति, नियमबारे सदस्यहरूलाई जानकारीका लागि कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमकोे उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिकाका नगर कार्यपालिका सदस्य ज्योति विष्टले सहकारीको क्षेत्रमा समदर्शीको बेग्लै पहिचान रहेको उल्लेख गर्दै सहकारी संचालनका लागि तय गरिएका नीतिहरूबारे जानकारी रहनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागलुङ जिल्ला सहकारी संघ लिमिटेड बागलुङका उपाध्यक्ष पिंगला जि.सी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण एकता सहकारी संस्थाका शिक्षा उपसमितिका सदस्य ईश्वर ठाकुर पौडेलले गर्नुभएको थियो । पौडेलले सहकारीको मर्मअनुसार संस्थाले समान रूपले काम गर्ने बताउँदै सहकारी संस्था स्थापनाको उद्देश्यबारे जानकारी लिनु जरुरी रहेको बताउनुभयो । उहाँले सहकारी सामाजिक उत्तरदायित्व वहन गरि सदस्यहरूको आर्थिक, सामाजिक समस्या समाधानका लागि स्थापना गरेको बताउनुभयो ।

कार्यक्रम एकता सहकारी संस्थाका सहसचिव एवं शिक्षा उपसमितिका संयोजक सुनिता पुरीको अध्यक्षता, उपसमिति सदस्य शान्ति ज्वालाको स्वागत तथा सदस्य ईश्वर ठाकुर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *