आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यको आफन्तको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

संस्थाका शेयर सदस्य कृष्णराज शर्माकी धर्मपत्नी बागलुङ नगरपालिका वडा नम्बर २ निवासी भगवती शर्माको निधनप्रति दुःख व्यक्त गर्दै स्वर्गीय शर्माको निवासमा पुगेर शुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।

स्वर्गीय शर्माको ११ औं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई संस्थाले प्रदान गर्दै आएको राहत रकम समेत हस्तान्तरण गरिएको थियो ।

श्रद्धाञ्जली सभामा आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार सुरेश प्रसाद श्रेष्ठ, संचालक अम्बिका जि.सी, प्रबन्धक दिपकराज सापकोटाले समवेदना सन्देश तथा शेयर सदस्यको एकाघरका सदस्यको मृत्यु राहत स्वरुप रु ५ हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *