सहकारीको ऋण नतिर्नेलाई मात्र होइन्, तिर्नु पर्दैन भन्नेलाई पनि कारबाही गर्छाै : एसपी कँडेल

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) ऋषीराम कंडेलले सहकारीको ऋण नतिर्नेलाई मात्र होइन्, तिर्नु पर्दैन भन्नेलाई पनि कारबाही गरिने बताउनु भएको छ ।

जोर जबरजस्ती गरे ऋण तिर्नु पर्दैन भनेर जबरजस्ती स्थापित गर्न खोजिएको भन्दै उहाँले त्यस्ता व्यक्तिलाई कानुनको दायरामा ल्याउँन प्रहरीले सहकारी अभियानलाई सघाउने बताउनु भयो ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले बागलुङमा आयोजना गरेको सहकारीता, सहकारी ऐन, नियम तथा समसामयिक विषयमा अभिमूखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

समाजमा घटेका हरेक घटनामा आर्थिक विषय जोडिएको भन्दै उहाँले सहकारी क्षेत्रमा देखिएको समस्याले समाजको शान्ति सुरक्षामा समेत प्रभाव परेको बताउनु भयो । जनताको जीउ धनको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै कंडेलले एक नागरिकको पैसा अर्काे नागरिकले खाएर उम्कन नमल्निे र आफुहरुले उम्कन पनि नदिने बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *