लायन्स क्लब अफ बागलुङ पिस टाउनद्वारा कारागारका बालबालिकालाई सहयोग

आदर्श अनलाइन, बागलुङ
लायन्स क्लब अफ बागलुङ पिस टाउनले जिल्ला कारागार बागलुङमा रहेका बालबालिकाका लागि कपडा, फलफूल र खेलाउन लगायतका सामग्री सहयोग गरेको छ । ‘खुसी बाडौँ’ अभियान लिएर अगाडि बढेको क्लबले अभिभावकसँग कारागारमा बस्न बाध्य बालबालिकासँग खुसी साट्नका लागि सहयोग गरेको हो ।

सहयोग कार्यक्रममा बोल्दै सिनियर एडभाइजर सनिषा घर्तीले लायन्स क्लबले लामो समयदेखि सामाजिक कार्य गर्दै आएको बताउनुभयो । अभिभावकका कारण कारागारमा बस्न बाध्य भएका बालबाललिकासँग खुसी साटासाट गर्नका लागि सानो सहयोग गरेको उहाँको भनाइ छ । सानोसानो कुराले पनि बालबालिका खुसी हुने हुँदा क्लबले सहयोग गरेको घर्तीले बताउनुभयो ।

क्लबको नयाँ पदाधिकारीको पदभार ग्रहणपछि पहिलो कार्यक्रम कारागारमा गरेको हो । पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका थिए । कार्यक्रममा क्लवका जोन कियर पर्सन कृष्ण सुवेदी, कारागार बागलुङका निमित्त प्रमुख हरिकृष्ण शर्मा लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष देवी कार्कीको अध्यक्षता, सचिव सारदा कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *