क्षत्री समाज बागलुङद्वारा मानवसेवा आश्रममा सहयोग


आदर्श अनलाइन, बागलुङ
क्षत्री समाज बागलुङले आफ्नो १७ औँ स्थापन दिवसका अवसरमा मानवसेवा आश्रम बागलुङमा सहयोग गरेको छ ।

क्षत्री समाज र समाजमा आवद्द सम्पूर्ण क्षेत्रीहरुमा मानवसेवा नै सबैभन्दा ठुलो सेवा हो भन्ने भावनाको विकास होस भन्ने उद्देश्यले मानव सेवा आश्रम बागलुङमा सहयोग गरि स्थापना दिवस मनाएको समाजका अध्यक्ष रुद्र महतले बताउनु भयो । मानव सेवा आश्रम बागलुङको निर्माणधिन भवनका लागि २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको महतको भनाई छ ।

आश्रममा सहयोगसँगै समाजका वरिष्ठ उपाध्यक्ष शिवकला थापा, उपाध्यक्ष डिल बहादुर कार्की, सचिव कविराज क्षत्री, सह सचिव मञ्जुमाया क्षत्री, सल्लाहकार तेज बहादुर खत्री, केन्द्रीय सदस्य जीवन भण्डारी, सदस्य सर्वजित के सी, सदस्य मनोजकुमार के सी, महिला क्षत्री समाजकी अध्यक्ष भावना खड्का, स्वाभिमान सहकारी लेखा समितिका सदस्य प्रविन थापा, क्षत्री समाज बा न पा ३ की अध्यक्ष विष्णु कुमारी खत्रीको सहभागितामा बागलुड़ कालिका भगवती मन्दिरको गेट अगाडी सरसफाई समेत गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *