तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले पर्यटक भित्राउनका लागि संस्कृतिको प्रर्बद्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा संरक्षित हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ ।

यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भित्रिएका पर्यटकलाई बागलुङ बजार सम्म ल्याउनका लागि बागलुङ बजार भित्र रहेका पुराना बजार, संस्कार र संस्कृतिको संरक्षण संगै प्रचार प्रसार गर्न थालिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ बजारमा संरक्षति गरिएको लोपन्मुख हनुमान नाच, महिला मगर बाजा, पुरानो बजारका रुपमा रहेको देउराली चोक, कम्पुटोल र किनरा टोललाई संरक्षण गर्ने गरी नगरपालिकाले नीति लिएर अघि बढेको छ ।

बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई बागलुङ नगरपालिकाले विश्व सम्पदामा सूचिकरण गर्न पहल गर्ने समेत नगरपालिकाको भनाई छ ।

बागलुङ नगरपालिकाले हनुमान नाचलाई विश्व सम्पदा मा सूचिकरणको आवश्यक काम अगाडि बढाइने बताउदै संरक्षणका लागि बजेट समेत बिनियोजन गरेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

“३०० वर्ष पुरानो नाचका रुपमा रहेको र काठमाण्डौमा लोप भइसक्न थालेको तर बागलुङमा जोगाएर राखिएको हनुमान नाचलाई पालिकाको विशेष संस्कृतिको रुपमा विश्व सामु चिनाउने उदेश्य लिएको छ” नगर उपप्रमुख खड्काले भन्नुभयो “साविकको धौलागिरी अञ्चलको प्रमुख व्यापारिक थलोका रुपमा रहेको बागलुङ बजारको देउराली चोक, कम्पु टोल र किनारा टोलका ऐतिहासिक घरलाई संरक्षण गर्ने र मुस्ताङ हडिेका पर्यटकलाई कालिका मन्दिर दर्शन गराएर बागलुङ बजार भित्राउने हाम्रो योजना हो ।”

३ सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान नाच बागलुङमा सुरक्षित छ । तर पछिल्लो समय पुस्तान्तरण नहुँदा हराउने सक्ने चिन्ता समेत छ । पर्यटन प्रबद्र्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो ।

हनुमान नाँच संरक्षणका लागि रु. एक लाख, मगर बाजा संरक्षण र मगर बाजा प्रशिक्षण, पुराना घर संरक्षणमा समेत नगरपालिकाले बजेट बिनियोजन गरेकोे जानकारी दिनुभयो । उहाँले विश्वलाई उक्त हनुमान नाँच चिनाउनका लागि विश्व सम्पदा सूचिमा राख्नका लागि आवश्यक कामको थालनी गरेको खड्काले बताउनुभयो ।

मानिसले (हनुमान) बाँदरको भेष बनाएर नाचिने भएकोले हनुमान नाच भनिएको हो । उक्त नाचलाई यहाँको पर्यटन प्रर्बद्धनमा जोड्न नगरपालिकाले थालनी गरेको हो । एकै पटक १४ जोडीले नाच्ने भएकोले उक्त नाच निकै खर्चिलो समेत छ । पर्यटक आर्कषण गर्न उक्त नाचलाई प्रभावकारी बनाइने छ । यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा हरेक वर्ष १० लाख बढी भक्तजन आउने गरेका छन् ।

ती भक्तजनलाई बागलुङमा टिकाउने खालको योजना हनुसार नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम, घरबास स्तरोन्नती, पर्यटकीय सथलमा क्युआरकोड राख्ने लगायतको काम भइरहेको छ । नगरपालिकाले आगमी आर्थिक वर्षमा ‘बागलुङ घुम्न जाऔं’ कार्यक्रम समेत सञ्चालन गर्ने नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले बागलुङ कालिका मन्दिर, पञ्चकोट, भैरवस्थान, शालग्राम संग्रहालय लयातका ११ स्थानमा १२ भाषामा अध्इयन गर्न सक्ने गरी ‘क्यूआर कोड’ मार्फत जानकारी दिने व्यवस्था गरिसकेको श्रेष्ठको भनाई छ । बागलुङ नगरपालिकाले जिल्लाको मुख्य प्रवेशद्वारलाई शौन्दर्यकरण गर्ने, मालढुङ्गा देखि उपल्लाचौर सम्मको भीरमा लहरा फुल लगाउने र पहरामा कला संस्कृति झल्कने खालको आकृति निर्माण गर्ने योजना बागलुङ नगरपालिकाको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *