जैमिनीको राङ्खानीमा सार्वजनिक सुनुवाई

आदर्श अनलाइन, बागलुङ
बागलुङको जैमिनी नगरपालिकामा पालिका स्तरीय तेस्रो चौमासिक सार्वजनिक सुनुवाई राङ्खानीमा बुधबार सम्पन्न भएको छ । स्थानीय पालिकाको सुुशासन, पारदर्शीता र जवाफदेहिताका लागि जैमिनी नगरपालिकाको आयोजना तथा लेखन नेपाल मिडिया प्रालिको सहजीकरणमा सार्वजनिक सुनुवाई भएको हो ।

No description available.

सार्वजनिक सुनुवाईमा हालसम्म नगरपलिकामा चालु आर्थिक वर्षमा सञ्चालित चार वटा योजना बाहेक अन्य सबै योजना कार्यान्वयनमा गएको र नगरपालिकाको हाल सम्मको प्रगती ७७ प्रतिशत भएको प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर भुजेलले जानकारी दिनुभयो । रु. ७५ करोड आय अनुमान गरिएको आर्थिक वर्षमा हाल सम्म ६६ करोड मात्रै आय भएको बताउदै चालु तर्फ ८४ प्रतिश र पूजीगत तर्फ ६२ प्रतिश प्रगती भएको बताउनुभयो । उहाँले नगरपालिकामा हाल सम्म २४ ऐन, ३ नियमावली, ५ निर्देशिका, ४ कार्यविधि र ४ मापदण्ड निर्माण गरिएको बताउनुभयो ।

No description available.

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका शिक्षकको दरबन्दी मिलान नगरेको, बाँदर आतंकले उठिबास लगाएको, वर्षाका कारण भएको सडक अबरुद्धले निम्ताएको समस्या, टुक्रे योजना ल्याएको, अर्गानिक कृषि उपजले बजार नपाएको र एसईईको नतिजा, खाजा र खाना खर्च लगायतका लगायतका विषयमा प्रश्न र सुझाव राख्नुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय दान बहादुर थापा, गंगा बहादुर श्रीस र जनक पुन लगायतले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा प्रश्न, गुनासो र सुझाव व्यक्त गरेका थिए ।

कार्यक्रममा जनताको गुनासो चासो तथा सुझावहरुका विषयमा नगरप्रमुख नर बहादुर पुन, उपप्रमुख हरिहर शर्मा र प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर भुजेल तथा विषयगत शाखा प्रमुखहरुले जवाफ दिएका थिए । जनताको प्रश्नको जवाफ दिदैै नगरप्रमुख नर बहादुर पुनले जनताको नगरपालिका प्रतिको अपेक्षा, हाल सम्म गरेका राम्रा काम र सुधार गर्नुपर्ने कामलाई बाहिर ल्याउनका लागि सार्वजनिक सुनुवाई आयोजना गरिएको बताउनुभयो ।

उहाँले जनताले नगरपालिकाको विषयमा झकझकाइराख्नुपर्ने बताउदै नगरपालिका सुध्रन र राम्रो काम गर्न जनताले निरन्तर प्रश्न राख्नुपर्ने बताउनुभयो । नगर उपप्रमुख हरिहर शर्माले नगरपालिकाले अनुगमनलाई प्रभावकारी बनाएको बताउदै ग्रामिण सडकको पहिरो पन्छाउन नरपालिकाको पुरै शक्ति लगाएको बताउनुभयो । नगरपालिकाको डोजरले मात्रै ग्रामिण सडक खुलाउन संभव नभएपछि भाडाको डोजर समेत थप गरेर सडक खुलाउन थालिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले टिप्पणी, पत्रकार खेमराज गौतमले सार्वजनिक सुनुवाईको आचार संहिताको विषयमा जानकारी गराएका थिए भने पत्रकार डम्मर बुढा मगरले नागरिकको सन्तुष्टी सर्वेक्षण प्रस्तुत गर्नुभएको थियो ।

जैमिनी नगरपालिका वडा न.२ का वडा अध्यक्ष तथा शुसासन समितिका संयोजक प्रेम सापकोटाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश छन्त्यालको सहजीकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *