काठेखोलामा पालिकास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न

आदर्श अनलाइन, बागलुङ
स्थानीय तहको पारदर्शीता, सुशासन र जवाफदेहिताका लागि बागलुङको काठेखोला गाउँपालिकामा पालिका स्तरीय सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । काठेखोला गाउँपालिकाको आर्थिक सहयोग तथा लेखन नेपाल मिडिया प्रा.लिको सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय खगराज गौतमले गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेको काम तथा योजनाको बारेमा जानकारी गराउनु भएको थियो । गाउँपालिकामा चालु आर्थिक वर्षमा तेस्रो पटक गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु थापा र उपाध्यक्ष तेजबहादुर थापाले नागरिकले उठाएको प्रश्नको जवाफ दिँदै सुशासन र पारदर्शीतासहितको विकास गरि रहेको बताउनुभयो ।

सार्वजनिक सुनुवाईमा पत्रकार डम्मर बुढा मगरले नागरिक सन्तुष्टि सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरूले विकास निर्माण, सेवा प्रवाह र पालिकाको केन्द्र लगायतका विषयमा प्रश्न र जिज्ञासा राख्नुभएको थियो । योजनाको प्राथमिकताको आधारमा बजेट विनियोजन गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा स्थानीय ढुण्डीराज कँडेल, धनबहादुर पुन, जगुपति कँडेल, तिलक खड्का लगायतले विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियो । सार्वजनिक सुनुवाईमा पत्रकार खेमराज गौतमले टिप्पणी गर्नुभएको थियो भने नवराज नेपालीले आचारसंहिताका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेज बहादुर थापा प्रमुख प्रशासकीय खगराज गौतमले स्थानीयका जिज्ञासा सम्बोधन गर्नुभएको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष राजु थापाको अध्यक्षता तथा पत्रकार महासंघ बागलुङका सचिव विजय रानाको सहजीकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *