१५ दिने योग प्रशिक्षण सुरु


आदर्श अनलाइन, बागलुङ
पतञ्जली योग समिति नेपालको आयोजनामा १५ दिने सह–योग प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।
भर्जुअल माध्यमबाट सुरु गरिएको प्रशिक्षणमा देशभरका २ सय ५० जना भन्दा बढी साधक साधिकाले सहभागिता जनाएका छन् ।

देशका विभिन्न गाउँ सहरबाट समहु बनाएर पतञ्जलीका साधक साधिकाहरु योग प्रशिक्षणमा सहभागि भइरहेको समितिका केन्द्रिय प्रभारी लवदेव मिश्र बताउनु भयो । पतञ्जली योग समिति बागलुङबाट मात्र प्रशिक्षणमा ५५ जना साधक साधिका सहभागि भएका छन् ।

प्रशिक्षण राधाकृष्ण मन्दिरको साधना केन्द्रमा केन्द्रका नियमित साधिका तथा महिला नेत्री शकुन्तला शर्मा र लक्ष्मी बास्कोटाले दीप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको थियो । केन्द्रीय प्रशिक्षकले जुमको माध्यमबाट प्रशिक्षण गराउने र बागलुङ साधना कृेन्द्रका प्रशिक्षक तथा पतञ्जली योग समिति बागलुङमा मन्त्री अमृत कंडेल, महिला प्रभारी कल्पना श्रेष्ठ, सचिव भुपेन्द्र खड्का र सीता सापकोटाले प्रतक्ष प्रशिक्षण गराउने बताईएको छ ।

योगका विधी र अभ्यास बारे समान्य पूर्व ज्ञान भएकाहरु र साधना केन्द्रमा नीयमित योग अभ्यासमा जोडिदै आएका साधक साधिकाहरु तालिममा सहभागी भएको पतञ्जली योग समिति बागलुङमा मन्त्री अमृत कंडेलले बताउनु भयो । प्रशिक्षणमा सहभागि भएका साधक साधिकाले पतञ्जली योगपिठ हरिद्वाराबाट सह–योग प्रशिक्षको प्रमाणपत्र प्राप्त गर्ने छन् ।

महर्षि पतञ्जलीद्वारा प्रतिपादिप योग दर्शनका विधी, मन्त्र र आर्युवेदको बारेमा समेत तालिममा प्रशिक्षण गराइने वरिष्ठ योग प्रशिक्षक खुमानन्द ज्ञवालीले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *