बागलुङका मेलमिलापकर्ता तथा वडा सचिवहरुलाई न्यायिक सचेतना

आदर्श अनलाइन,बागलुङ

बागलुङ नगरपालिका, न्यायिक समितिले शुक्रबार मेलमिलापकर्ता, वडा सचिब तथा नागरिक अगुवाहरुका लागि १ दिने न्यायिक सचेतना सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरेक़ो छ। तालिमको उदघाटन गर्दै नगर प्रमुख बसन्तकुमार श्रेष्ठले समाजमा शान्ति,सदभाब र मेलमिलापपूर्ण वातावरण निर्माणमा मेलमिलापकर्ताहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । उहांले न्यायिक समितिको काम संबिधान र स्थानिय सरकार संचालन ऐनमा प्रष्ट रहेकाले आफ्नो अधिकार बमोजिमको जिम्मेवारी पुरा गर्न तर्फ लागि रहन आग्रह गर्नु भयो ।

न्यायिक समितिका संयोजक एवं नगर उप-प्रमुख राजु खडकाले नगरका १४ ओटै मेलमिलाप केन्द्रहरुको काममा एकरुपता ल्याउने, मेलमिलाप केन्द्रहरुलाई साधन श्रोत,बजेट र प्रबिधि उपलब्ध गराई समाजमा मेलमिलापको वातावरण निर्माणमा सबैको साथ र सहयोग लिएर काम गरिने बताउनु भयो । आगामी बर्ष गण्डकी प्रदेसका उप-प्रमुख/उपाध्यक्षहरुको बागलुङ सम्मेलन गर्न लागिएको बताउदै खडकाले बिधि र प्रकृया भित्र रहेर मेलमिलापका कार्यहरु सम्पन्न गर्न जरुरी रहेको बताउनु भयो।

न्यायिक समितिको बार्षिक प्रतिबेदन उजुरी प्रशासक सस बहादुर पुनले प्रस्तुत गर्नु भएको थियो भने अधिबक्ता ममतादेवी शर्माले बिषय बस्तुको सहजिकरण गर्नु भयो। न्यायिक समितिका सदस्य एवं ११ नं वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले सहभागिलाई स्वागत गर्दै कार्यक्रमको कार्यसुचि प्रस्तुत गर्नु भएको थियो भने कर्मचारी हरी प्रसाद गौतमले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *