जेष्ठ नागरिकको अनुभव पुस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
बागलुङको सामाजिक विकास कार्यालयले जेष्ठ नागरिकमा रहेको ज्ञान सिप, अनुभव अन्तरपुस्ता हस्तान्तरण सम्बन्धी अन्तरक्रिर्या कार्यक्रम काठेखोला गाउँपालिकामा शनिबार सम्पन्न गरेको छ ।
सामाजिक विकास कार्यालयको आयोजना तथा काठेखोला गाउँपालिकाको समन्वयमा काठेखोला गाउँपालिका भित्रका १५० बाजे बजै देखि नाती नातिना सम्मको सहभागितामा जेष्ठ नागरिकको अनुभव, सिप तथा ज्ञान साटासाट अन्तरक्रिर्या गरिएको थियो ।



अन्तरपुस्ता ज्ञान, सिप र अनुभव हस्तान्तरण कार्यक्रमको सहजीकरण बागलुङका सहायक प्रमुख जिल्ला चित्राङ्गत बरालले गर्नुभएको थियो । उहाँले पछिल्लो समयमा जेष्ठ नागरिकको अनुभव तथा सिप पुस्तान्तरण गर्न नसकिएको बताउदै जेष्ठ नागरिको अनुभव अहिलेको पुस्ताले सुन्नुपर्ने बताउनुभयो । उहाँले जेष्ठ नागरिक एक्लोपना र अपहेलना सहदै आएको बताउदै जेष्ठ नागरिक सम्मानपूर्वक बाच्न पाउनु पर्ने बताउनुभयो । जेष्ठ नागरिकलाई जस्ले हेरचाह गर्छ उसैले सम्पती राख्न पाउने भन्दै हेरचाह नगर्ने छोराछोरीले सम्पतीमा दावी गर्न नमिल्ने बताउनुभयो ।



कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष राजु थापाले जेष्ठ नागरिकको घरदैलो सेवामा गाउँपालिका केन्द्रित भएको बताउदै जेष्ठ नागरिकको अनुभव र सल्लाह लिदै आएको बताउनुभयो । उहाँले परिवारबाट अलग भएर खान बस्न समस्या भएका जेष्ठ नागरिकलाई गाउँपालिकाले हेर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तिलक थापा, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, गाउँपालिका–१ का वडा अध्यक्ष खड्क थापा, २ का वडा अध्यक्ष विद्यापती शर्मा र कार्यपालिका सदस्य गिता देवि बिकले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम सामाजिक विकास कार्यालय बागलुङका निमित्त प्रमुख कृष्णहरी आचार्यको अध्यक्षता, काठेखोला गाउँपालिका–६ का वडा अध्यक्ष वृहस्पती कँडेलको स्वागत तथा गाउँपालिकाका महिला विकास शाखा प्रमुख रश्मी गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *