अल्पकालिन महिला सेवा केन्द्रलाई थप ब्यवस्थित बनाईने

आदर्श अनलाइन, बागलुङ

हिंसा प्रभावितका लागि संचालित अल्पकालिन महिला सेवा केन्द्र बागलुङ नगरपालिकाको वार्षिक समीक्षा सम्पन्न भएको छ । बागलुङ नगरपालिका अल्पकालिन महिला सेवा केन्द्रको आयोजनमा सेवा केन्द्रले यस बर्ष संचालन गरेका कामको बारेमा समीक्षा गरिएको थियो । कार्यक्रममा अल्पकालिन महिला सेवा केन्द्र प्रमुख रचना आचार्यले चालु आर्थिक वर्षमा केन्द्रबाट प्रदान गरिएको सेवाका बारेमा जानकारी दिनु भएको थियो ।

केन्द्रमा एक वर्षको अवधिमा ८८ वटा हिसांका घटना दर्ता भएको जानकारी दिनु भयो । प्रहरी मार्फत आएका २३ र सिधै आएका ६५ गरी ८८ वटा विभिन्न खाले हिसांत्मक घटना दर्ता भएका हुन् । दर्ता भएका घटना मध्य शारीरिक हिसांका १५ जना, मानसिक हिसां १६,आर्थिक हिसां २८ जना, यौनजन्य ७ र अन्य २१ घटना दर्ता भएको अल्पकालिन महिला सेवा केन्द्र प्रमुख आचार्यले वताउनुभयो । सेवा केन्द्रमा आउने घटनाहरुलाई कार्यालयले तत्कालका लागि संरक्षण दिने, कानुनी न्यायका लागि सहयोग गर्ने र परिवारमा पुर्नमिलन गराउने लगायतका कार्य गर्दै आएको छ । समीक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले सेवा केन्द्रले हिसां प्रभावितका लागि प्रभावकारी कार्य गर्दै आएको वताउनुभयो ।



यस केन्द्रले पीडितको पक्षमा धेरै मह्तवपूर्ण भूमिका निर्वाह गर्दै आएपनि उचित मात्रामा प्रचार प्रसार नभएकोले सबै स्थानीय तहमा संस्था वारे जानकारी गराउनुपर्ने जोड दिनुभयो । बागलुङ नगरपालिकाका उपप्रमुख तथा अल्पकालिन सेवा केन्द्र व्यवस्थापन समिति संयोजक राजु खड्काले सेवा केन्द्रलाई परम्परागत नभै वैज्ञानिक र व्यवस्थित तरिकाले अगाडी बढाउन लागिएको बताउनु भयो। उहांले सेवा केन्द्र बागलुङमा रहे पनि जिल्लाका सबै पालिकाहरुलाई सेवा दिएकाले थप जनशक्ति, साधन र श्रोत जुटाएर काम गर्ने योजना रहेको बताउनु भयो।

सो अवसरमा बोल्ने सहभागीले सेवा केन्द्र वारे सवै स्थानीय तहलाई अवनत्व गराउनुपर्ने वताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी,जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कँडेल, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, महिला अधिकारकर्मी तथा अधिवक्ता लक्ष्मी जिसी कार्की, शकुन्तला शर्मा, लक्ष्मी वाँस्कोटा र ललिता थापा लगायतले बोल्नुभएको थियो । बागलुङ नगरपालिकाको अल्पकालिन महिला सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक तथा नगर उप प्रमुख राजु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती रेग्मीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *