प्रगती सर्वजनिकमा स्वास्थ्य कार्यालय पहिलो


आदर्श अनलाइन, बागलुङ

जिल्लाको चालु आर्थिक वर्षको प्रगती सर्वाजनिकमा स्वास्थ्य कार्यालय बागलुङ पहिलो बनेको छ ।
बागलुङले चालु आर्थिक वर्षमा सम्पादन भएका कार्यहरु सम्बन्धी अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले स्वास्थ्य सबैभन्दा ठूल धन भएको हुँदा नागरिक स्वास्थ नभएसम्म कुनै पनि विकास गर्न नसक्ने बताउनुभयो ।

स्वास्थ्य कार्यालय बागलुङले विभिन्न रोगको महामारीमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । जिल्लालाई पूर्ण खोप घोषणा गर्नका लागि दूर दराजसम्म पुगेर काम गरेको उहाँको भनाइ छ । नागरिकको स्वास्थ्यप्रति सबै सरोकारवाला निकाय गम्भीर भएर लाग्नु पर्नेमा प्रमुख थापाले जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले स्वास्थ्य कार्यालय बागलुङले सबै पालिकासँग समन्वय गर्दा धेरै किसिमका सरुवा तथा नसर्ने नियन्त्रण गर्न सक्ने बताउनुभयो । नागरिकलाई स्वास्थ्य सम्बन्धी जनचेतामुलक र भान्छा सुधार कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिनुभयो । आम नागरिकको भान्छा सुधार भए रोगबाट बच्न सकिने उहाँको भनाइ छ ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यलय चालु आर्थिक वर्षमा ७२ प्रतिशत वित्तीय र ९४ प्रतिशत भौतिक प्रगति गरेको बताउनुभयो । उहाँले यस वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न सफल भएको बताउनुभयो ।

सो अवसरमा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले डेंगी रोग सम्बन्धी प्रस्तुतिकरण राख्नु भएको थियो । यो समय डेंगी संक्रमणको बेला भएको हुँदा सबै नागरिक सचेत हुनु पर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *