कार्यपालिका सदस्यद्वारा धम्काउनेलाई कार्वाहीको माग


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–३ का सदस्य तथा नगर कार्यपालिका सदस्य धनमाया शर्माले आफनो अपमानित गर्ने भिडियो बनाउने र धम्काउने कार्य गर्नेलाई कानुनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिनु भएको छ ।

आइतबार दिउँसो आफू वडा नं ३ को कार्यालयमा रहेको बेला बागलुङ नगरपािलका वडा नं ३ निवासी निर्माण व्यवसायी हरि रुचालले अनुमति विना अपमानित गर्ने भिडियो बनाएको तथा धम्काएको भन्दै प्रशासनमा उजुरी दिनु भएको हो ।

रुचालले खिचेको भिडियोको केही अंश फेसबुक वाल मार्फत सार्वजनिक गरी ईज्जत प्रतिष्ठालाई ख्याल नगरी मान मर्दन गरेको भन्दै भिडियो पोष्ट गर्ने व्यक्ति र भिडियो उपलब्ध गराउनेलाई साईबर क्राईम अन्तर्गत कारवाहीको माग गर्नु भएको छ ।

बागलुङ नगरपालिका–३ छहरा पँधेरा स्थित चौलानी खोल्सामा २०८० श्रावण, भाद्रमा सम्पन्न गरिएको भनेको कामको करिव १० महिना पश्चात २०८१ असार २३ गते अनुगमन समितिको फाराममा सहिछाप गर्न दवाव दिएको र आफूले पालिकाको नियम अनुसार उक्त योजनालाई स्थलगत अनुगमन गरी प्रतिवेदनमा सहि गर्छु भन्दा रुचालले दुव्र्यहार गरेको शर्माले बताउदै न्यायका लागि प्रशासन पुगेको बताउनुभयो ।

शर्माले सोमबार दिएको उजुरीलाई प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनु भएको छ ।

शर्माले कानुनी कारवाहीको माग गर्दै कार्यालयमा दिएको उजुरी आफूले अध्ययन गरेको र आवश्यक अनुसन्धान अगाडि बढाउन सोमबार नै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको प्रजिअ सुवेदीले बताउनु भयो ।

शर्माको उजुरी प्रमुख जिल्ला अधिकारीको तोक पश्चात आफनो कार्यालयमा प्राप्त भएको, यस विषयमा अनुसन्धान अगाडि बढेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *