चिर्पट प्रहार गरी आफ्नै दाजुको हत्या


आदर्श अनलाइन, म्याग्दी

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–५ मलम्पारका एक युवकले चिर्पट प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् ।

२०८१ असार २५ गते मंगलबार राती ११ बजे सामान्य बिबाद हुँदा ३९ वर्षिय सोमबहादुर छन्त्यालले आफ्ना दाजु ४२ वर्षिय धनबहादुर छन्त्याललाई दाउराको चिर्पट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्सपेक्टर) राजन रायमाझीका अनुसार रातको समयमा घरमा विवाद भए पछि भाइले चिर्पटले प्रहार गर्दा दाजुको घटास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सामदास ढकालको नेतृत्वमा गएको टोलीले मृतकको सब र हत्या गर्ने भाई सोमबहादुर नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भै रहेको इन्सपेक्टर रायमाझीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *