आदर्श सहकारीद्वारा मृत्यु राहत रकम प्रदान


आदर्श अनलाइन, बागलुङ
आदर्श सहकारीद्वारा आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यको आफन्तको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

संस्थाका शेयर सदस्य निर्माला शर्माकी ममतामयी आमा बागलुङ नगरपालिका वडा नम्बर ७ तितौरे निवासी खिर कुमारी शर्माको निधनप्रति दुःख व्यक्त गर्दै स्वर्गीय शर्माको निवासमा पुगेर बुधबार श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।

स्वर्गीय शर्माको ७ औं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई संस्थाले प्रदान गर्दै आएको राहत रकम समेत हस्तान्तरण गरिएको थियो ।

श्रद्धाञ्जली सभामा आदर्श सञ्चार सहकारी संस्थाका पूर्व लेखा तथा सुपरीवेक्षण समितिका सदस्य महेन्द्र कार्की शेयर सदस्य गंगा थापाले समवेदना सन्देश तथा शेयर सदस्यको एकाघरका सदस्यको मृत्यु राहत स्वरुप रु. ५ हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *