घाँस काट्न गएका पुरुष मृत फेला

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन् । बिहिबार विहानै ६ बजे घाँस काट्न भनेर निस्कनुभएका ५५ बर्षिय भिमबहादुर थापा ठूलोरानी सामुदायिक वनको चिलाउने बोट भीर क्षेत्रमा मृत अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो ।

घाँस काट्न गएका थापा घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । ‘भीरमा घोप्टो परेको अवस्थामा मृत भेटिएको खबर आएपछि घटनास्थलमा पुगेका थियौं, मृतकको शब बेनी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ’ प्रहरी निरीक्षक रायमाझीले भन्नुभयो ।

प्रारम्भीक अनुसन्धानमा घाँस काट्ने क्रममा भीरबाट लडेको देखिएपनि घटनाबारे थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *