उत्तरगंगाले बगाएका विक मृत फेला


आदर्श अनलाइन, बागलुङ
उत्तरगंगा नदी तर्ने क्रममा वेपत्ता भएका रामबहादुर विक मृत फेला पर्नुभएको छ । बागलुङको ढोरपाटन नगरपालिका–८ निवासी ५४ वर्षीय विक उत्तरगंगा नदी तर्ने क्रममा वेपत्ता हुनुभएको थियो ।

ढोरपाटन नगरपालिका–९ स्थित उतरगंगा नदीमा आफुले लगाउने कपडा र चप्पल किनारमा राखी नदी तर्ने क्रममा आइतबार बेपत्ता हुनु भएका विकको सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले बताउनुभयो ।

नदीले बगाएको स्थानदेखि करिब १० किलोमिटर तल ढोरपाटन नगरपालिका ९ दिज स्थित उतरगंगा नदीको भाग मृत फेला परेको यादवले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक राज कुमार विकको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *