प्रधानमन्त्रीलाई सांसद भट्टचनको प्रश्न उत्तरगंगा जलाशययुक्त आयोजना कहिले सुरु हुन्छ ?

आदर्श अनलाइन, बागलुङ
प्रतिनिधि सभा सदस्य देवी प्रकाश भट्टचनले संसदमा उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना कहिलेबाट सुरु हुन्छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नु भएको छ ।

बागलुङको ढोरपाटनमा रहेको ८ सय २८ मेगावाट र उक्त आयोजनाबाट उत्पादन हुने १ हजार ७ सय २६ मेगावाट र हिउँद याममा पनि सत प्रतिशत उत्पादन दिने आयोजना कहिलेबाट सुरु हुन्छ भन्दै भट्टचनले प्रधानमन्त्रीलाई प्रश्न गर्नु भएको हो । सांसद भट्टचनले संसद्मा पटक–पटक उत्तरगंगाको विषय उठान गर्दै आउनु भएको छ ।

उहाँले ढोरपाटनमा आन्तरिक तथा बाह्य पर्यटन विकास पर्वद्धनका लागि परियोजना स्थापना गर्न माग गर्नु भएको छ ।

सांसद भट्टचनले लोमानथाङमा रहेको १० किमी लम्बाई र ४ कि.मी चौडाइको युरोनियमको भण्डारण उत्खनन प्रक्रिया कहिलेबाट सुरु हुन्छ भन्दै प्रश्न गर्नु भएको छ । उहाँले युरोनियम भण्डारबाट प्राप्त हुने आयश्रोतबाट स्थानीय सरकारलाई अत्यधिक रकम छुट्याई परम्परागत ढाँचाको बसोबास निर्माण गर्न स्थानीय बासीहरुको माग रहेको भन्दै सरकारको ध्यानकर्षण गराउनु भएको थियो ।

अन्तर्राष्ट्रिय समुन्द्री मार्गमा नेपाली मालवाहक पानी जहाज सञ्चालन गर्नका लागि संसदमा पेश भएको विधेयक ४ वर्षदेखि अलपत्र रहेको भन्दै उक्त विधयेकलाई तत्काल छलफलमा ल्याई पास गर्न आग्रह गर्नु भएको थियो ।

सांसद भट्टचनका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गरिएको र जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइएको बताउनु भएको थियो । त्यस्तै प्रधानमन्त्री ओलीले कानूनको सुधार, विस्तृत अन्वेषण र प्रयोगशालाको स्तरोन्नतिपछि मात्रै मुस्ताङमा रहेको युरेनियम उत्खननको काम सुरु हुने बताउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *