तातोपानी कुण्डमा सन्ध्याकालिन आरती सुरू

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालयको रुपमा लिइने तातोपानी कुण्डमा ‘सन्ध्याकालीन आरती’ शुरु गरिएको छ । भगवान महादेवको महिनाको रुपमा लिइने साउनको पहिलो सोमबारदेखि आरतीको थालनी गरिएको हो ।

सन्ध्या आरतीको शुभारम्भ कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले तातोपानी कुण्ड क्षेत्रको विकासमा नगरपालिकाले प्राथमिकताका साथ सहयोग गरेको बताउँदै कमीकमजोरी सुधार सहितको योजना सहित अगाडी बढ्नु पर्नेमा । गैर आवासिय नेपाली संघ(एनआरएनए) न्यूजिरल्याण्डका अध्यक्ष लालबहादुर केसीले तातोपानी कुण्डको विकासका साथै यस सँग जोडिएको धार्मिक आश्थालाइ पनि थप मजबुत बनाउका लागि पनि सन्ध्या आरती महत्वपूर्ण हुने बताउनुभएको थियो । कार्यक्रममा विश्व हिन्दु महासंघ सहित विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा आन्तरिक पर्यटकलाई लक्षित गरी अब प्रत्येक हप्ताको सोमबार सन्ध्याकालीन आरती हुने र पहिलो दिनको उद्घाटन निकै भब्य भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो । उहाँले तातोपानी कुण्ड क्षेत्र धार्मिक दृष्टिकोणले समेत निकै महत्वपूर्ण रहेको बताउनुभयो । प्राकृतिक उपचारका लागि आउने बिरामीको उपचारसँगै आरतीले तातोपानीको महत्वलाई थप उजागर गर्ने र धार्मिक आस्था पनि बढ्ने उहाँको भनाई छ । सिंगा तातोपानीमा रहको तातोपानी कुण्डमा हुने आरतीमा श्रवण तथा महादीप सहित धार्मिक कार्यमा हरेक धार्मिक आस्था राख्ने व्यक्तिहरुको समेत प्रत्यक्ष सहभागि हुने तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीको भनाई छ ।

साउनको पहिलो सोमबार उद्घाटन भयो अबका प्रत्येक सोमबार साँझ आरतीसँगै भजनका सहभागि हुन पाइने तातोपानी कुण्ड व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष बीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो । भगवान शिवकोको पुजा आरधना गदैं १ सय ८ दीप प्रज्ज्वलन, महाआरतीसहितको विशेष पूजा गर्ने सुविधाले स्नान गर्न आउने बिरामीलाई मानसिक शान्ती मिल्ने र त्यसले रोग निकोहुनका लागि पनि थप बल पुग्ने उहाँको भनाई छ ।

आरतीका लागि ३ जना कन्या सहित ६ जनालाई आरती बाचक बागलुङका रमेश खड्काले प्रशिक्षण दिनु भएको थियो । हिन्दु धर्ममा आरती पूजाअर्चनाको एउटा विधि हो । बलिरहेका आरतीका थाली आराध्यसमक्ष एक विशेष विधिले घुमाउने गरिन्छ ।

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ४५ डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि बर्षेनी २० हजार भन्दा धेरै मानिसहरु आउने गरेका छन् । पानीमा डुबुल्की मार्नेको छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायतको समस्या निको हुने जनविश्वास छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि ९ किलोमिटर पश्चिममा पर्ने तातोपानीको ‘सन्ध्याकालीन आरती’ले आन्तरिक पर्यटक समेत बढ्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *