चिल्ड्रेन लाइफ बोर्डिङका ४४३ जना विद्यार्थी पुरस्कृत

रोहन जि.सी, बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर १ स्थित चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलको पुरस्कार वितरण तथा नतिजा सार्वजनिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

शैक्षिक सत्र २०८० को अन्तिम परिक्षा तथा शैक्षिक सत्र २०८१ को प्रथम आन्तरिक परिक्षामा उत्कृष्ट अंक हासिल गरी विभिन्न तह तथा कक्षामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको हो।

सम्मान समारोहको उद्‌‌घाटन गर्दै बागलुङ नगरपालिकाका नगर उप-प्रमुख राजु खड्‌काले विभिन्न स्थान हासिल गर्न सफल सम्पूर्ण विद्यार्थीहरुलाई बधाई दिदै आगामि दिनमा अझ बढी सफलता हासिलका लागि सबै विद्यार्थीले अझैं मिहिनेत र परिश्रम गरी आफ्नो नतिजालाई अझ उच्च राख्दै आफुलाई अब्बल बनाउनका लागि निरन्तर लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका नगर कार्यपालिका सदस्य ज्योति विष्ट, नगर शिक्षा अधिकारी धन प्रसाद पोख्ररेल, चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र आचार्य, उपाध्यक्ष उषा पौडेल, कोषाध्यक्ष शिशिर पन्त, अभिभावक कृष्ण गौतम, याम कुमारी मल्ल लगायतले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रा.वि, मा.वि तहका विभिन्न कक्षामा अध्ययनरत ४४३ जना विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयका परिक्षा विभाग संयोजक करण आचार्यले जानकारी दिनुभयो। त्यस्तै कार्यक्रममा २०८० सालको एसईई परिक्षामा जिल्लामै प्रथम, द्वितीय र तृतीय हुन सफल अपेक्षा श्रेष्ठ, निश्चल गौतम र अंकिता शर्मालाई सम्मान गरिएको थियो।

सो अवसरमा विद्यालयमा लामो समयसम्म अध्यापन गराई अवकाश लिएका शिक्षकहरुलाई विदाई गरिएको थियो । शिक्षक कुमारी घर्ति मगर, रामकृष्ण रिजाल तथा सुष्मा ढकाललाई विदाई गरिएको विद्यालयका लेखापाल शिवलाल शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा मालिका पूर्व विद्यार्थी मञ्च तथा मालिका सेवा समाजले स्थापना गरेको विपन्न परिवारका बालबालिकालाई शैक्षिक साम्रागी हस्तान्तरण अभियानमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले जन्मदिनका अवसरमा हुने फिजुल खर्च कटाएर जम्मा भएको रकम संकलन गरी चार हजार रुपैयाँ बराबरको शैक्षिक साम्रागी मालिका सेवा समाजका सदस्य टेक कॅुवरलाई हस्तान्तरण गरेको विद्यालयका विद्यार्थी सुवास्ना भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रम चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष श्रीधर कंडेलको अध्यक्षता, विद्यालयका प्रधानध्यापक नवराज श्रेष्ठको स्वागत तथा शिक्षक सुरेश सुनार को सञ्चालनमा सम्पन्न भएको थियो। पुरस्कार वितरण कार्यक्रममा शिक्षक सुशीला घर्ति, कमल कंडेल, सरिता के.सी र ओमकान्त कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *