डाक्टर तरुण पौडेल चिकित्सा कोषबाट छ जना सम्मानित


सुजन रेग्मी, बागलुङ

डाक्टर तरुण पौडेल चिकित्सा कोष अन्तरगत नवौं संस्करणको इन्द्र लक्ष्मी स्मृति पुरस्कार छ जनालाई समर्पण गरिएको छ । स्मृति पुरस्कार स्वास्थ्यकर्मीसहित सामाजिक व्यक्तित्वलाई सम्मान गरिएको थियो । डा. तरुण पौडेल चिकित्सा कोषले नागरिकको स्वास्थ्य सेवामा लागेका छ जनालाई सम्मान गरेको हो ।

धौलागिर अस्पतालका पूर्व प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. तरुण पौडेलको नाममा स्थापित कोषबाट स्वास्थ्य र शिक्षा तथा सामाजिक अभियानको क्षेत्रमा लागेकाहरुलाई सम्मान गरिएको हो ।
सम्मान हुनेमा धौलागिरि अस्पतालमा कार्यरत एनेस्थेसियोलोजिष्ट डा. अमित ढुंगाना, म्याग्दीको राखुपिपलेमा बसेर काम गर्दै आउनुभएका सिनियर अहेव शिवप्रसाद पाण्डे लाई शुन्य होम डेलीभरी बनाउन पहल गरेको भन्दै सम्मान गरिएको हो ।

यस्तै पर्वतको बनौमा बसेर २८ वर्षदेखि काम गरेकी अनमी फूलकुमारी फगामी, स्याङ्जाको अमोर सेवा नेपाल नामक संस्थाकी प्रबन्धक कमला पराजुली, बागलुङको बलेवास्थित त्रिभुवन बहुमुखी क्याम्पसका अध्यक्ष चुडामणी शर्मा, धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानमा अध्ययन गरेर ल्याबतर्फ उत्कृष्ठ अंक ल्याउने विद्यार्थी प्रदिप भुषाल र सामान्य चिकित्सातर्फ उत्कृष्ठ कृष्ण पुन लगाएतलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमको धौलागिरि क्यामपसका प्रध्यापक डा. राम प्रसाद उपाध्यायले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा उपाध्यायले सामाजिक अभियान्ता, चिकित्सक र शिक्षा क्षेत्रको अगुवाहरु जहिले पनि जिम्मेवार र संयमीत हुनुपर्ने बताउनुभयो ।

‘यी क्षेत्रहरु संवेदनशिल छन्, ती क्षेत्रमा लाग्नेले कहिले पनि अहंकार र अभद्र व्यवहार गर्न मिल्दैन’ उपाध्यायले भन्नुभयो , ‘अर्काको अभद्र व्यवहार पनि सहेर सेवा गर्ने क्षेत्रलाई सम्मान गर्नुपर्छ ।’
धौलागिरि अस्पतालमा १७ वर्षसम्म मेडिकल सुपरिटेण्डेन्ट रहेर सेवा गरेका प्रा.डा.तरुण पौडेलको नाउँमा दश वर्षअघि यो कोष स्थापना भएको हो । हाल डा. पौडेल पोखरास्थित गण्डकी मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ । अहिलेसम्म कोषबाट नवौं संस्करणको सम्मान र पुरस्कार दिइएको कोषका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।

कोष संरक्षक डा. तरुण पौडेल, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारी, पुरस्कृत व्यक्तित्व डा. अमित ढुंगाना, पुर्व सांसद मन कुमारी केसी, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद निउरे, शिवप्रसाद पाण्डे, फूलकुमारी फगामी र चुडामणी शर्माले मन्तव्य राख्नुभएको थियो ।
कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता, सदस्य शकुन्तला शर्माको स्वागत र सचिव रामप्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *