बागलुङ‌मा तेस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिता हुने

रोहन जि.सी, बागलुङ

बागलुङ‌मा तेस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिता शुरु हुने भएको छ। चिल्ड्रेन लाइफ इङ्ग्लिस बोर्डिङ स्कुलको आयोजना तथा चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबको सह-आयोजनामा साउन १८ र १९ गते बागलुङ‌‌मा संचालन हुने गरी तेस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिता शुरु हुन लागेको हो।

उक्त प्रतियोगिताको लागि बागलुङ नगरपालिका भित्रका विभिन्न विद्यालयको सह‌भागितामा प्रतियोगिता संचालन गर्न लागिएको चिल्ड्रेन लाइफ इङ‌लिस बोर्डिङ स्कुलका शिक्षक तथा चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबका उपाध्यक्ष जीवन रोका क्षेत्रीले जानकारी दिनुभयो।

खेलमा सहभागी विद्यालयका शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहने आयोजकले जनाएको छ। सो प्रतियोगिताको उद्‌घाटन १८ गते शुक्रबार बिहान ७ बजे हुने छ।

प्रतियोगिताको पहिलो चरणको खेल १८ गते शुक्रबार हुने र सेमीफाइनल र फाइनल खेल १९ गते शनिबार हुने चिल्ड्रेन लाइफ इङ‌लिस बोर्डिङ स्कुलका खेलकुद प्रशिक्षक तथा प्रतियोगिताका खेल संयोजक सौगातजंग खड्‌काले बताउनु‌भयो ।

शिक्षकहरु अध्यापनका साथसाथै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा सक्रिय बन्न प्रेरणा बनोस भनि प्रतियोगिताको आयोजना गरिएको चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबका सदस्य सुशील राजभण्डारीले जानकारी दिनुभयो।

प्रतियोगितको विजेता टोलीले १८ हजार, मेडल, ट्रफी र प्रमाण पत्र र उपविजेता टोलीले १२ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडीहरु पनि पुरस्कृत हुने आयोजकले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *