सहिदको स्मृतिमा नेपाल निजामती कर्मचारीद्वारा कारागारमा साउन्ड सिस्टम

आदर्श अनलाइन, बागलुङ
सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा नेपाल निजामती कर्मचारी सङ्गठन बागलुङले जिल्ला कारागार बागलुङलाई साउन्ड सिस्टम सहयोग गरेको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकार नेत्र सुवेदी प्रयासले कारागारका प्रमुख हरिकृष्ण शर्मालाई साउन्ड सिस्टम हस्तान्तरण गर्नु भएको थियो ।

प्रजिअ सुवेदीले सहिदको सम्झनामा कारगारमा प्रदान गरिएको सहयोग सर्हानिय भएको बताउनु भएको थियो । उहाँले यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

सो अवसरमा निजामती कर्मचारी सङ्गठनका गण्डकी प्रदेश इन्चार्ज घनश्याम शर्माले संघ संगठनले रचनात्मक काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

साउन्ड सिस्टम हस्तान्तरण गर्ने कार्यक्रम जिल्ला कारागार बागलुङका प्रमुख हरिकृष्ण शर्माको स्वागत, नेपाल निजामती कर्मचारी सङ्गठन बागलुङका अध्यक्ष श्याम कुमार थापा मगरको अध्यक्षता र सचिव मनोज कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *