जनगुनासो आएपछि धौलागिरी अस्पतालको निरीक्षण

आदर्श अनलाइन, बागलुङ

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी प्रयासको नेतृत्वमा बिहीबार धौलागिरी अस्पताल बागलुङको निरीक्षण गरिएको छ ।

अस्पतालबाट प्रभाव हुने सेवाप्रति नागरिकको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय बागलुङ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ र पत्रकारको टोलीले बिहीबार संयुक्त रुपमा अस्पतालको निरीक्षण गरेको हो ।

अस्पतालको सोधपुछ कक्ष, नाम दर्ता, ओपिडी, आपतकालिन, ल्याब, फार्मेसी, एक्सरे, भिडियो एक्सरे, स्टोर, डाइलसिस सेवा लगाएको निरिक्षण गरिएको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जानकारी दिनुभयो ।

नामदर्ता, डाक्टर भेट्ने ठाउँ, औषधी लिने ठाउँ, ल्याब, एक्सरे र भिडियो एक्सरेमा घण्टौ लाइन बस्नुपर्ने, स्वास्थ्यकर्मी र अस्पतालका अन्य कर्मचारीसँग चिनजान भएकाहरुको पहिलो पालो आउने, स्वास्थ्य विमाका विरामीले फार्मेसीबाट सबै औषधी प्राप्त नगरेको, भिडियो एक्सरेमा ४ दिन सम्म पालो पर्खनु परेको जनगुनासो आएपछि अस्पतालको निरीक्षण गरिएको प्रजिअ सुवेदीले जानकारी दिनुभयो ।

निरीक्षणका क्रममा प्रजिअ सेवेदीले सेवा लिन अस्पताल आएका विरामी र विरामीका आफ्न्तसँग समस्या र सेवाको विषयमा जिज्ञासा राख्नुभएको थियो ।

सो अवसरमा धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रवि रंजन प्रधानले अस्पतलाबाट प्रदान हुने सेवालाई सेवाग्राहीमैत्री बनाउन अस्पताल टिम खटि रकेको बताउनु भएको थियो ।

उहाँले अस्पतालमा औषधी पाइदैन भनेर बाहिर हल्ला भएजस्तो अवस्था अस्पतालको नरहेको समेत बताउनु भयो ।

पछिल्लो समय अस्पतालमा विरामीको चाप बढिरहेको भएपनि सिमित स्रोत र साधनमा ठ्याक्कै विरामीले चाहेकै समयमा हुन नसके पनि पालै पालो सेवा प्रवाह गरि रहेको उहाँको भनाई थियो ।

निरीक्षण पछि प्रजिअ सुवेदीले जनगुनासो कम आउने गरी विरामीको अवस्था हेरेर प्राथमिकताको आधारमा सेवा प्रदान गर्न अस्पताललाई आग्रह गनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *