बडिगाड पहिरो अपडेट : पाँच जनाको शव निकालियो

आदर्श अनलाइन, बागलुङ

बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा आज बिहान पहिरोले घर पुर्दा बेपत्ता पाँच जनाको शव निकालिएको छ । आरुपाटा स्थित जोगलाल बुढाको घर र गोठ पहिरोले पुरेको थियो ।

घटनस्थालमा पुग्नुभएका वडा अध्यक्ष बिरेन्द्र कुमार बुढा मगरले पाँच जनाको शव पहिरोबाट निकालिएको पुष्टी गर्नुभयो ।

“म घटनास्थलमा छु, पाँच जनाको शव निकालिएको छ, दुई जनाको शकुसल उद्दार भएको छ, यहाँ उद्दार कार्य चलिरहेको छ, अझै पहिरोमा पुरिएका छन् कि छैनन् एकिन भएको छैन” अध्यक्ष मगरले भन्नुभयो “अहिले उद्दार कार्य चलिरहेको छ, शवको पहिचान समेत भएको छैन, प्रहरी घटनास्थलमा आउदै छ ।”

आज बिहान बडिगाड गाउँपालिका–९ नयाँबस्ती बलघासमा पहिरोले पुर्दा १५ वर्षीय विधान परियारको मृत्यु भएको थियो । सोही वडाको काभ्राखर्कमा पहिरोले पुर्दा एक जनाको मृत्यु भएको वडा अध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिनुभयो । उहाँले घटनास्थलमा आफू जादै गरेकाले मृत्तकको पहिचान नभएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *