घाइतेको उद्दारमा हेलिकप्टर परिचालन


आदर्श अनलाइन, बागलुङ

बागलुङको बडिगाड गाउँपालिका १० स्थित आरुपाटाको पहिरोमा परी १० जना घाइते भएका छन् । घाइतेको उद्दार र उपचारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।

पहिरोले घर पुर्दा एकै स्थानमा ५ जनाको मृत्यु पुष्टी भइसकेको छ भने चार जनाको जिवितै उद्दार गरिएको थियो । पहिरोमा परी १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कँडेलले जाकनारी दिनुभयो । पहिरोमा परि गम्भिर तथा घाइतेको उद्दार र उपचारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन भइसकेको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जानकारी दिनुभयो ।

पहिरोमा परी जिल्ला बडिगाड गाउँपालिका १० बस्ने बर्ष २६ को ओम प्रकाश पुन, बर्ष ४६ की संगिता बुढा,
बर्ष २३ का सिर्जना वि.क., बर्ष ४३ को मंगल सेन बुढा, बर्ष १९ की रिमा पुन, बर्ष ६० की सुमित्रा वि.क., बर्ष ७८ को जोग बहादुर बुढा, बर्ष ५१ को ससिराम वि.क, बर्ष ९ को ज्ञाने बुढा र बर्ष ३१ की सिता थापा घाइते हुनुभएको छ ।

घाइतेहरुको प्राथमिक उपचार भने बडिगाड गाउँपालिकाका स्वास्थ्यकर्मीबाट भइरहेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । यस्तै बडिगाड गाउँपालिका ९ मा आज बिहान पहिरोमा पुरीएर दुईजनाको मृत्यु भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *