समयमै उपचार नपाउदा जिवितै उद्दार गरिएका बुढाको मृत्यु


आदर्श अनलाइन, बागलुङ

मंगलबार दिउँसो पहिरोमा परी घाइते भएका बडिगाड गाउँपालिका वडा न। १० का ७८ बर्षीय जोग बहादुर बुढा मगरको मृत्यु भएको छ । समयमै उपचार पाउन नसक्दा बुढाको मृत्यु भएको हो ।

उपचारकोलागि हेलिकप्टर मार्फत काठमाण्डौ लैजाने पर्खाईमा रहेका उहाँको उपचारमा ढिलाई हुँदा मृत्यु भएको हो । खराब मौषमका कारण हेलिकप्टर आउन नसक्दा घाइतेहरुलाई समयमै उपचार पाउन सकेका छैनन् । बुढाको ढाड र टाउकोमा गम्भिर चोट लागेको प्रहरीको भनाई छ ।

घाइतेहरुलाई ल्याउन आएको हेलिकप्टर खराब मौषमका कारण बडिगाड जान नसकी बागलुङ सदरमुकाममा रहेको नेपाली सेनाको २३ न। बाहिनीमा अवतरण गरेको थियो ।

बुढासँगै बडिगाडमा भएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ८ पुगेको छ । घाइतेहरुको प्राथमिक उपचार पछि थप उपचारकोलागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र तर्फ लगिएको छ ।

यो पनि पढ्नुहोस्