भैरवस्थानमा ऐतिहासिक ‘हरेलो मेला’


आदर्श अनलाइन, बागलुङ

बागलुङको बलेवा स्थित भैरवस्थान मन्दिरमामा मनाईने हरेलो पर्वलाई संरक्षण गर्नका लागि थालिएको छ । ऐतिहासिक हरेलो पर्वलाई संरक्षणका लागि मेलाको रुपमा तीन वर्ष यता मनाउन थालिएको हो ।

बागलुङको ऐतिहासिक धार्मिक शक्तिपीठ बलेवा भैरवास्थान मन्दिरमा तेस्रो हरेलो मेला आयोजना गरिएको गुठी व्यवस्थापन समितिले जनाएको छ । बागलुङ नगरपालिका–१२ मा रहेको मन्दिर परिसरमा स्वतस्फूर्त रुपमा चल्दै आएको हरेलो पर्व लोप हुने भन्दै संरक्षणका लागि औपचारिक रुपमा हरेलो पर्वलाई मेलाका रुपमा मनाउन थालिएको हो ।

परम्परागत रुपमा लाग्दै आएको हरेलो पर्वलाई संरक्षणका लागि तीन वर्ष यता मेलाको रुपमा आयोजना गर्दै आइएको गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो ।

‘भैरवस्थान मन्दिरको दर्शन–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रबर्धन’ भन्ने मूल नाराका साथ अगामी भदौ ४ गते मंगलबारको दिन मेलाको आयोजना गरिएको आयोजक भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताउनुभयो ।

मेलाको उद्घाटन गर्न नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष एवं चन्द्रप्रसाद ढकाल आउने पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनुभयो । “प्रसिद्ध भैरवस्थान मन्दिरसंग जोडिएको हरेलो पर्व लोप हुने भएकाले मेलाका रुपमा प्रत्येक वर्ष मनाउन थालिएको हो” ढकालले भन्नुभयो “मेलामा स्थानीय लाखे नाच, सालैजो, भजन, गन्धर्व जातीको गीत र विद्यार्थीले बाजा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

ऐतिहासिक धार्मिक एवं सांस्कृतिक गरिमालाई अभिबृद्धि गर्ने गरी यसको व्यापक प्रचार प्रसार गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको अध्यक्ष ढकालले बताउनुभयो । बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे ११ रायडाँडा १२ अमलाचौर १३ पैयुँपाटा १४ नारायणस्थान र जैमिनी नगरपालिका १ को कोतको रुपमा समेत रहेको मन्दिर परिसरमा हरेक वर्ष भदौ महिनाको पहिलो मंगलबार मेला लाग्ने गर्दछ ।

मेलामा भकुण्डेको झाम्रे, रायडाँडाको भजन, अमलाचौरको गन्धर्व गित प्रस्तुती, पैयुँपाटाको नौमती बाचा, नारायणस्थानको लाखे र कुश्मिसेराको सालैजो विशेष पस्तुतीको रुपमा रहने छ । मेलामा खुल्ला छेलो प्रतियोगिताका साथै ख्याति प्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताईएको छ ।

मेलामा रु.१३ लाख आम्दानी र रु. १० लाख ९२ हजार ५०० अनुमान गरिएको छ ।

मेलामा यहाँको ऐतिहासिक तरबार नाच पनि प्रस्तुत गरिने मेला मुल आयोजक समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । भैरवस्थान मन्दिर जिल्लाकै मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । मेलाको अवसरमा ३५ हजार आन्तरिक पर्यटकले भैरवस्थान मन्दिरको दर्शन गर्ने बताइएको छ ।

बाइसे चौबिसे राज्यको समयमा सन् १७८० मा स्थापना भएको भैरवस्थान मन्दिर नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यको सूचिमा समावेश छ । भदौको पहिलो मंगलबार यस क्षेत्रका किसानहरुले हरेलो पर्व मनाउने र मन्दिरमा धुमधामका साथ पुजा आजा गर्ने गर्छन् ।

मन्दिरमा साताको मंगलबार र शनिबार विशेष पुजा हुने गर्दछ । मन्दिरमा तत्कालीन राजाहरूको भनिने पुराना खड्ग र त्रिशूल पनिरहेका छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *