बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता


आर्दश अनलाइन, बागलुङ

बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार पहिरोले घर भत्किदा पुरिएर बेपत्ता भएका ४ जना मध्ये एक जनाको शव फेला परेको छ ।

बडिगाड गाउँपालिका–१० स्थित ३ वर्षीय आरुष थापाको आज दिउँसो शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार पहिरोले भत्किएको घर खोतल्ने क्रममा थापाको शव भेटिएको हो ।

उनीसँगै एउटै घरमा पहिरोले पुर्दा मृत्यु हुनेको संख्या सात पुगेको छ ।

पहिरोमा परी अझै तीन जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेहरुमा ७ वर्षीया मधु बुढा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय यमलाल बिक रहेका छन् ।

बेपत्ताको खोजीमा नेपाल प्रहरी र नेपाली सेना परिचालन भइरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *