सुनका गहना चोर्ने पक्राउ


आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा सुन चोरी गर्नेलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

बडिगाड गाउँपालिका–२ खर्बाङ स्थित नरमाया थापाको घरबाट गत शनिबार साँझ १ थान सुनको सिक्री, २ थान तिलहरी १ थान सुनको औंठी, १ थान छापे औंठी, १ थान बाला र नगद ५०० चोरी गर्ने २१ वर्षिय किरण विकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

विक म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ निवासी हुन् । सुन चोरी भएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुर्तिवाङ, गलकोट र प्रहरी चौकी खर्बाङको टोलीले विकलाई खर्बाङस्थित मध्यपहाडी लोकमार्गबाट गहनासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

पक्राउ परेका विकलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० अन्तर्गत चोरी सम्बन्धी कसुरमा मुद्दा चलाउन अनुसन्धानका लागि जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थपिएको कँडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *