तीन कार्यालयको बजेट तथा कार्यक्रम सार्वजनिक


आदर्श अनलाइन, बागलुङ
कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत बागलुङले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
तीनवटै कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि कार्यक्रम सार्वजनिक गर्दै उत्पादनको क्षेत्रफल विस्तार, चक्लाबन्दी, बाँझो जग्गाको सदुपयोग, उत्पादन देखि बजारीकरण र प्राशोधन सम्मको बजेट तथा कार्यक्रम ल्याएका छन् ।

कृषि ज्ञान केन्द्रले आलु, सुन्तला र खाद्यबालीलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । यस्तै पशुको उपचार, बीमा, पूर्ण खोप, घाँस, दूध र मासुमा अनुदान लगायतलाई प्राथमिकतामा दिएको बजेट तथा कार्यक्रम ल्याएको छ ।

२०८३ को असार मसान्तसम्म काम गर्ने गरी गठन भएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले चक्लबन्दी, बाख्रा पकेट, तरकारी पकेट लगायतका कार्यक्रमहरु ल्याएको छ । आयोजनाले बागलुङको बलेवा, जैमिनी नगर र बरेङ गाउँपालिकामा बाख्रा जोन क्षेत्र विस्तार गरेको छ ।

कार्यक्रममा किसानहरु गंगाबहादुर थापा, टिकाराम सापकोटा, होमराज शर्मा, प्रेमलाल गौतम, लालकुमारी पुन, नन्दलाल सापकोटा, तारा देवी पुन, चण्डीप्रसाद शर्मा लगायतले किसानमुखी कार्यक्रम र योजना हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटा र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका प्रमुख नारायण पौडेलले आ–आफ्नो कार्यालयको बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको अध्यक्षता, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुनको संचालन र पशु सेवा कार्यालयका प्रमुख डा. ऋषिराम सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुशुम बुढा, पूर्व पर्यटनमन्त्री दिपेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, कृषि सहकारी संघका उपाध्यक्ष मणीभद्र शर्माले मन्तव्य राख्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *