बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु ३ जना घाइते

आदर्श अनलाइन, बागलुङ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा ग १ ज ७९४५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

रोकि राखेको बोलेरो एक्कासी गुडेर सडक भन्दा झण्डै ५० मिटर तल खस्दा चार जना घाइते भएकोमा उपचारका लागि बेनी अस्पताल ल्याई पु¥याउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

जीप दुर्घटनामा घाइते हुनुभएका अन्नपुर्ण गाउँपालिका ७ का ६४ वर्षीय भीमबहादुर पुनको उपचारको क्रममा बेनी अस्पतालले मृत घोषणा गरेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । दुर्घटनामा ४१ वर्षीय कुमार पुन, चालक ३६ वर्षिय केसव पुन र ७१ वर्षीय बिरबहादुर पुन घाइते हुनुभएको छ ।

घाइतेको बेनी अस्पतालमा उपचार भै रहेको र उहाँहरु खतरा मुक्त रहेको बेनी अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *